ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगामी वर्षदेखि प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा बजेट निर्माण हुनेछ : प्रम प्रचण्ड


एबीसी न्यूज
असार १३, २०८० बुधबार  १ : १७ बजे

 

काठमाडौं १३ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद्को नेतृत्वमा सम्बन्धित जिल्ला र क्षेत्रको बजेट निर्माणको प्रक्रिया सुरु गर्ने प्रस्ताव गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा बजेटबारे उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

 

‘बजेट निर्माण गर्ने कार्यमा प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सदस्यको संयोजकत्वमा र समानुपातिक एवम् अन्य सांसद्समेतको सहभागितामा काम गर्ने प्रक्रिया आरम्भ गर्ने प्रस्ताव गर्छु,’ उनले भने ।

बजेट निर्माणमा जनप्रतिनिधिहरुको भूमिका बढाउन भन्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । बजेट निर्माण प्रक्रियामा सुधार ल्याउनकै लागि आगामी आर्थिक वर्षदेखि फागुन मसान्तभित्र बजेटका सिद्धान्त र प्राथमिकता फागुन मसान्तभित्रै संसद्मा पेश गर्ने व्यवस्था गरिने घोषणा बजेट वक्तव्यमै गरिएको छ । यसो गर्दा बजेटमा प्रनिनिधिहरुको सहभागिता बढ्ने उनको भनाइ छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेट घोषणा गर्ने र पारित गर्ने प्रणाली परम्परागत भएको पनि उनले बताए ।

‘बजेट पारित गर्ने प्रक्रिया परम्परागत छ, यसमा सांसदहरुको सक्रियता र योगदान संस्थागत हुनुपर्ने हो तर त्यो हुन सकेको छैन,’ उनले भने, ‘तर, यसैपटक नीति कार्यक्रम र बजेटबीचको अवधि बढाउने प्रयास भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले फेरि म्याद थपे : इरानले हर्मुज स्ट्रेट खोल्नैपर्छ, नत्र विद्युत् ग्रीडमा हमला

चुनौतिहरूको चाङमा: कान्छा प्रधानमन्त्री !

सम्बन्धित

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

बालेनले आज प्रधानमन्त्रीको शपथ लिँदै

ट्रम्पले फेरि म्याद थपे : इरानले हर्मुज स्ट्रेट खोल्नैपर्छ, नत्र विद्युत् ग्रीडमा हमला

चुनौतिहरूको चाङमा: कान्छा प्रधानमन्त्री !

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

“लचिलो यथार्थवाद” को झूटो वाचा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com