ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान संशोधन नभए नयाँ संविधानका लागि आन्दोलन हुन्छ : उपेन्द्र यादव (विधान पूर्णपाठ)


ABC NEWS
असार १०, २०८० आईतबार   ६ : २९   बजे

काठमाडौँ १० असार । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयतामा नै त्रुटि रहेको बताएका छन् । अध्यक्ष यादवले संघीय संरचना निर्माण गरिए पनि त्यो त्रुटिपूर्ण रहेकोले त्यसलाई पूर्णता दिनका लागि संविधान संशोधन गनुपर्ने कुरामा जोड दिए । संघीयताको अनुभूति गर्नका लागि संविधान संशोधनबाहेक अरु कुनै विकल्प नरहेको बताउँदै उनले शासकीय स्वरुप समेत विकृत हुँदै गएको बताए । शासकीय स्वरुप विकृत भएका कारण कुनै पनि सरकार स्थिर हुन नसकेको बताउँदै यादवले शासकीय स्वरुप नै परिवर्तन गरि कार्यकारी राष्ट्रपतिय प्रणाली बनाउनुपर्नेमा जोड दिए ।

जसपाको आजदेखि सुरु भएको विधान अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तनका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । संविधान संशोधन नभए भविष्यमा नयाँ संविधानका लागि संघर्ष गर्नुपर्ने उनको भनाई छ । अध्यक्ष यादवले भने, ‘तर अहिले त्यो अवस्था आएको छैन, संविधान संशोधन गर्ने अवस्था रहेको छ, संशोधन गरेर लोकतन्त्र र गणतन्त्रलाई जोगाउनका लागि संविधान संशोधन गर्नुपर्छ । यथास्थितिमा जनताले कुनै किसिमको अपेक्षा गर्ने ठाउँ देखिदैन ।’

सदन, सडक र सरकार तीनवटै ठाउँमा रहेर आफ्नो अधिकारका लागि संघर्ष गर्ने बताउँदै उनले सरकारमा रहेर जनताका लागि काम गर्ने, सदनमा नीति निर्माण गर्ने र यी दुवैबाट काम भएन भने सडकबाट पनि आफ्नो अधिकार लिनुपर्ने बताए । यादवले अहिलेको बजेटप्रति पनि असन्तुष्टि पोखे । ‘हामी चाहन्छौं यो सरकार अन्तिम समयसम्म रहोस्, सरकारले जनतालाई डेलिभर दिनुपर्छ,’ उनले भने, ‘तर अहिले आएको बजेटले जनतालाई निकै निराश बनाएको छ, अर्थतन्त्रलाई गति दिने खालका बजेट नआएकोले जनता निराश भएको छ ।’

नेपालको शिक्षा प्रणाली पनि एसियामै सबभन्दा कमजोर भएको बताउँदै उनले शिक्षा र स्वास्थ्यमा भएको व्यपारीकरणलाई रोक्नुपर्नेमा जोड दिए । अध्यक्ष यादवले कृषिलाई आधुनिकरण गर्नका लागि पनि सरकारले काम गर्नुपर्ने भन्दै यी सब कामका लागि जसपा बलियो हुनुपर्ने बताए । उनले भने, ‘जसपा नभएको भए देशमा संघीयता आउँदैनथ्यो, नागरिकता समस्या पनि समाधान हुँदैन्थ्यो ।’

जसपाको विधान अधिवेशनमा पेश भएको विधान मस्यौदा एकल नेतृत्वमा जाने प्रस्ताव
जसपाको विधान अधिवेशनमा पेश भएको विधान मस्यौदा एकल नेतृत्वमा जाने प्रस्ताव

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group