ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार महिनायताको उच्च विन्दुमा नेप्से


एबीसी न्यूज
असार १०, २०८० आईतबार   ४ : ०१   बजे

 

काठमाडौं १० असार
धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइबार चार महिनायताकै उच्च विन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा बन्द भएको छ । यो विन्दु फागुन २ गतेयताकै उच्च हो । फागुन २ गते नेप्से परिसूचक २१०५.४६ विन्दुमा बन्द भएको थियो । त्यसयताका दिनमा नेप्सेले उक्त विन्दु पार गर्न सकेको थिएन ।

आज कारोबार रकम पनि पाँच महिनायताकै उच्च छ । पुस २८ गते पाँच अर्ब ४७ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएकोमा त्यसयता कारोबार रकम पनि कम हुँदै आएको थियो ।

आज ६ अर्ब ४९ करोडको सेयर कारोबार भएको छ । यसदिन म्युचुअल फन्ड, ऋणपत्रलगायत २७५ धितोपत्रको एक करोड ४७ लाख ५१ हजार २४७ कित्ता खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । आज जीवन बिमा समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ७.७९ प्रतिशतले वृद्धि भएको छ ।

यसदिन लाइफ इन्स्योरेन्स कर्पाेरेसन (नेपाल) लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स र साम्लिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, एनएमबि फिप्टीको इकाई मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ४९ करोड ९० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group