ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय


ABC NEWS
असार ८, २०८० शुक्रबार   ८ : १८   बजे

काठमाडौं ८ असार । वीर अस्पतालले आजैदेखि लागू हुने गरी अस्पतालका ७ सय शय्या निःशुल्क गरेको छ।

बिहीबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० का उपकुलपति सहित रेक्टर, रजिष्ट्रार र डिन नियुक्ती गरेपछि न्याम्सको सहकुलपतिको हैसियतले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले न्याम्सका उपकुलपति सहित पदाधिकारीलाई मन्त्रालयमा बोलाएर वीर अस्पतालका सबै जनरल वार्ड निःशुल्क गर्न निर्देशन दिएका थिए।

मन्त्रीको निर्देशनपछि शुक्रबार न्याम्स पदाधिकारीको बैठकले क्याबिन र आईसीयू बाहेक वीरका सबै ७ सय वटै शय्या निःशुल्क गर्ने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयले राजधानीमा शुक्रबार आयोजना गरेको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक सार्वजनिकिरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य मन्त्री र न्याम्सको सहकुलपतिको हैसियतमा हिजै न्याम्सका पदाधिकारीलाई बोलाएर वीर अस्पतालका ७ सय वटै जनरल वार्ड निःशुल्क गर्न निर्देशन दिएको थिएँ। आज निर्णय भएर कार्यान्वयनमा आयो। जनताका पक्षमा काम गर्न सकेकोमा खुशी लागेको छ।’

वीर अस्पतालमा यो भन्दा पहिले जनरल बेडको शुल्क दैनिक रु। २०० लाग्ने गरेको थियो। दैनिक २०० रुपैयाँ तिर्न पनि बिपन्न विरामीलाई हम्मे हम्मे पर्दथ्यो। ७०० शय्या निःशुल्क भएपछि वीरलाई करिब ६ करोड भार थपिने छ।

न्याम्सका नवनियुक्त उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले पनि स्वास्थ्यमन्त्री बस्नेतले पटक पटक दिएको निर्देशन अनुसार न्याम्सका नव नियुक्त पदाधिकारको पहिलो बैठकले सबै जनरल वार्ड निःशुल्क गर्ने निर्णय गरेको बताए। उनले क्याबिन र आईसीयू बाहेक सबै शय्या निशुल्क गरेपछि अपुग हुने रकम स्वास्थ्य मन्त्रालयसँग माग गर्ने बताए।

मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेको दिनदेखि नै आफ्नो चिन्ता र चासो विपन्न विरामीलाई कसरी सहज तरिकाबाट उपचार सेवा दिन सकिन्छ भन्नेमा रहेको र त्यसमा आफू सफल हुँदै गइरहेको बताए।

हरेक अस्पतालले विपन्नलाई १० प्रतिशत शय्यामा उपचार निःशुल्क दिनै पर्ने बाध्यकारी व्यवस्था आफूले कडाईका साथ लागू गर्न लागेको र धेरै अस्पतालले नियम अनुसार सेवा दिन थालेको मन्त्री बस्नेतले जानकारी दिए। मन्त्री बस्नेतले विपन्नको उपचारका लागि छुट्टै फन्ड बनाएर त्यसबाट उनीहरुको निशुल्क उपचार गर्न सकिने र आफू त्यो काममा अगाडि बढिसकेको बताए।

सूर्तिजन्य पदार्थ र मदिरामा कर बढाएर त्यो करको रकमबाट विपन्नको उपचार गर्ने गरि आफू लागेको र यो अभियानमा सबैको साथ चाहिएको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group