ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच महिनामा चार वटा गैँडा केटोको मृत्यु


admin

 

चितवन, १९ माघ ।  चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका गैँडाको केटो (बच्चा) लाई बचाउनै मुस्किल हुने गरेको छ । गत भदौदेखि लगातार चार वटा गैँडाका केटो मरेको निकुञ्जले जनाएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा रहेको मयूरे गत साउन २८ गते आएको बाढीमा परेर म-यो ।

यसैगरी पश्चिम चितवनको मेघौलीबाट गएको भदौ २२ गते उद्धार गरिएको अर्काे गैँडाको बच्चा (केटो)को पनि उपचार सफल हुन नसकी कात्तिक १४ मा मृत्यु भयो ।

बाघको आक्रमणमा परी गम्भीर घाइते अवस्थामा ल्याइएको अन्दाजी दुई वर्षको गैँडाको बच्चा (केटो) उपचारकै क्रममा मरेको छ ।

सौराहा नजिकै ढुंग्रे खोलामा बाघको आक्रमणबाट घाइते अवस्थामा भेटिएको अर्काे केटो पनि सौराहामा उपचारकै क्रममा केही हप्ताअघि मरेको थियो ।

चितवनको जनकौली वनमा पनि घाइते अवस्थामा एउटा केटो फेला परेको थियो । फिल्डमै गएर उपचार शुरु गरिए पनि बचाउन नसकिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक बताउनुहुन्छ ।

बाढीपछि उद्धार गरिएका छवटा केटामध्ये अहिले दुईवटा सौराहामा रहेको छ । एउटा खुला संरक्षणमा छ भने अर्काे खोरमा राखिएको छ ।

अहिले तन्दुरुस्त देखिएको गैँडा पनि कतिबेला के हुने भन्नै नसकिने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालको भनाइ छ । अहिले सौराहामा वन्यजन्तु अस्पताल बन्ने क्रममा भएकाले अब केही राहत हुने वरिष्ठ पशु चिकित्सक डा कमल गैरे बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक, सहमति कार्यान्वयन हुनुपर्ने माओवादीको अडान

बागमती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो

किसानलाई बाख्रा र धानको बीउ

रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज, उपत्यकामा सार्वजनिक बिदा

कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण

बिहे नगरी ‘बिए’ उत्तीर्ण गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप एक लाख

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com