ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वीनेपालमा बाढीपहिरोको वितण्डा, २५ जना बेपत्ता, एउटा शव भेटियो


abc tv
असार ३, २०८० आईतबार  ११ : ३७ बजे

विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लाहरू पाँचथर, संखुवासभा र ताप्लेजुङमा गएराति गएको भीषण बाढीपहिरोका कारण २५ जना बेपत्ता भएका छन् । एक जनाको शव फेला परेको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका वडा नम्बर–७ को हेवाँखोला पुल क्षेत्रबाट तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई छन् । उनीहरूको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय खटिएको डीएसपी खतिवडाले बताए । तामाङ माउन्टेन ‘बी’ हाइड्रोमा सेक्युरिटी गार्ड थिए ।

हेवाँखोलाकै दोभानमा रहेको माझीटार गाउँका दुई जना पनि बाढीमा परी बेपत्ता भएका छन् । २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको पनि खतिवडाले बताए । बाढीले जिल्लाको याङवरक गाउँपालिका–२ फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ ।

हेवाखोलामा रहेका चारवटा सडक पुलसमेत बाढीले बगाएको छ । फिदिम–४ र हिलिहाङ–७ को सीमामा पर्ने मेची राजमार्गको एक सडक पुल, तमोर करिडोरको एउटा सडक पुल ९बेलीब्रिज० बाढीले बगाएको छ । जिल्लाको फालेलुङ गाउँपालिका–३ र ७ को सीमामा रहेको पुल र सोही गाउँपालिका ३ र ५ नम्बर वडा जोड्ने अर्को पुुल गएरातिको बाढीले बगाएको छ ।

मेची राजमार्गअन्तर्गत फाल्गुनन्द गाउँपालिका–३ पाङग्रेभीरदेखि सडकमा पहिरो झर्दा फिदिम हुँदै तेह्रथुम र ताप्लेजुङ जाने सवारी रोकिएका छन् । फिदिम–३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पाँचथरको छिमेकी जिल्ला ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ को मेहेलेमा दुई घर पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा एकै परिवारका ६३ वर्षीया भगिमाया बुढाक्षेत्री, ३१ वर्षीया सन्ध्या बुढाक्षेत्री र नौ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता छन् । पहिरोले रामबहादुर तामाङ घर बगाउँदा ३० वर्षीय गणेश तामाङ पनि बेपत्ता छन् ।

डीएसपी राजन लिम्बूले उनीहरूको खोजी कार्य जारी रहेको शिलापत्रलाई बताए । उनका अुनसार जिल्लाको सिदिङवा– ६ को नवमीभञ्ज्याङमा सुकेटे डाँडाबाट झरेको पहिरोले २० घर उच्च जोखिममा परेको छ । केही चौपाया पहिरोले बगाएको छ । पाथिभरा– याङवरक गाउँपालिकाको सेसेम्बुुदेखि करिब २०० मिटर पर मेचिराजमार्गमा बाटो माथिबाट ठूलो पहिरो झरेको छ । सोही पहिरोले मेची राजमार्ग अवरुद्ध भएको छ ।

आठराई त्रिवेणी गाउँपालिका– १ मालवासेमा निगुरादिनदेखि तेह्रथुम जाने सहायक राजमार्ग पहिरोका कारण आबद्ध भएको छ । अबरुद्ध सडक खुलाउन सुरक्षाकर्मीहरू त्यसतर्फ गइरहेका छन् । मेरिङदेन– ३ दोभानदेखि ढुङ्गेसाँगु जाने बाटो मैवाखोलामा आएको बाढीले पुुलसम्म पुुग्ने बाटो बगाउँदा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com