ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वीनेपालमा बाढीपहिरोको वितण्डा, २५ जना बेपत्ता, एउटा शव भेटियो


abc tv
असार ३, २०८० आईतबार   ११ : ३७   बजे

विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लाहरू पाँचथर, संखुवासभा र ताप्लेजुङमा गएराति गएको भीषण बाढीपहिरोका कारण २५ जना बेपत्ता भएका छन् । एक जनाको शव फेला परेको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका वडा नम्बर–७ को हेवाँखोला पुल क्षेत्रबाट तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई छन् । उनीहरूको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय खटिएको डीएसपी खतिवडाले बताए । तामाङ माउन्टेन ‘बी’ हाइड्रोमा सेक्युरिटी गार्ड थिए ।

हेवाँखोलाकै दोभानमा रहेको माझीटार गाउँका दुई जना पनि बाढीमा परी बेपत्ता भएका छन् । २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको पनि खतिवडाले बताए । बाढीले जिल्लाको याङवरक गाउँपालिका–२ फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ ।

हेवाखोलामा रहेका चारवटा सडक पुलसमेत बाढीले बगाएको छ । फिदिम–४ र हिलिहाङ–७ को सीमामा पर्ने मेची राजमार्गको एक सडक पुल, तमोर करिडोरको एउटा सडक पुल ९बेलीब्रिज० बाढीले बगाएको छ । जिल्लाको फालेलुङ गाउँपालिका–३ र ७ को सीमामा रहेको पुल र सोही गाउँपालिका ३ र ५ नम्बर वडा जोड्ने अर्को पुुल गएरातिको बाढीले बगाएको छ ।

मेची राजमार्गअन्तर्गत फाल्गुनन्द गाउँपालिका–३ पाङग्रेभीरदेखि सडकमा पहिरो झर्दा फिदिम हुँदै तेह्रथुम र ताप्लेजुङ जाने सवारी रोकिएका छन् । फिदिम–३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पाँचथरको छिमेकी जिल्ला ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ को मेहेलेमा दुई घर पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा एकै परिवारका ६३ वर्षीया भगिमाया बुढाक्षेत्री, ३१ वर्षीया सन्ध्या बुढाक्षेत्री र नौ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता छन् । पहिरोले रामबहादुर तामाङ घर बगाउँदा ३० वर्षीय गणेश तामाङ पनि बेपत्ता छन् ।

डीएसपी राजन लिम्बूले उनीहरूको खोजी कार्य जारी रहेको शिलापत्रलाई बताए । उनका अुनसार जिल्लाको सिदिङवा– ६ को नवमीभञ्ज्याङमा सुकेटे डाँडाबाट झरेको पहिरोले २० घर उच्च जोखिममा परेको छ । केही चौपाया पहिरोले बगाएको छ । पाथिभरा– याङवरक गाउँपालिकाको सेसेम्बुुदेखि करिब २०० मिटर पर मेचिराजमार्गमा बाटो माथिबाट ठूलो पहिरो झरेको छ । सोही पहिरोले मेची राजमार्ग अवरुद्ध भएको छ ।

आठराई त्रिवेणी गाउँपालिका– १ मालवासेमा निगुरादिनदेखि तेह्रथुम जाने सहायक राजमार्ग पहिरोका कारण आबद्ध भएको छ । अबरुद्ध सडक खुलाउन सुरक्षाकर्मीहरू त्यसतर्फ गइरहेका छन् । मेरिङदेन– ३ दोभानदेखि ढुङ्गेसाँगु जाने बाटो मैवाखोलामा आएको बाढीले पुुलसम्म पुुग्ने बाटो बगाउँदा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group