ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शरणार्थी प्रकरणमा आफू नजिकका मान्छेलाई पोल्न बयान फेराएको ओलीको आरोप (भिडियो)


ABC NEWS

काठमाडौं १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्ररणमा आफू नजिक रहेकालाई जबरजस्ती पोल्न लगाइएको बताएका छन्।

पार्टी कार्यालय, ललितपुरमा जारी अनुशिक्षणमा अध्यक्ष ओलीले शरणार्थी प्रकरणमा एमालेलाई मुछ्न बयानसमेत रोकिएको आरोप लगाए।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले, खासगरी मेरो नजिकका रहेका भनिएका मानिसहरूलाई कसरी नाम पोल्न लगाउनेरु कसरी नाम लेख्न लगाउनेरु कसरी नाम मुछ्न लगाउने र त्यो कसरी प्रचार गर्नेरु भयो,’ उनले भने, ‘प्रहरीकहाँ कसैले बयानमा नाम उच्चारण गर्‍यो भने अखबारमा सँगसँगै कसरी पुग्छ ? कहिलेकहिले अघिल्ला दिन अखबारमा पुग्छ, भोलिपल्ट बयानमा आउँछ, कस्तो तयारीसाथ भइरहेको छ।’

उनले सही गर्न नमान्दा, बयान रोकेर सही गराइएको पनि बताए।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा शुक्रबार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षित गर्न आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘तपाईंहरू जिम्मेवारीमा हुनुहुन्छ । तपाईंहरू जवाफदेही र उत्तरदायी हुनुपर्छ । त्यसैले तपाईंहरूले समय खेर नफाल्नुहोला । आफूले आफूलाई हरेक समय सोधिरहनुहोला कि तपाईं यो बेला जहाँ हुनुहुन्छ, त्यहाँभन्दा अन्तै हुनु पो महत्वपूर्ण थियो कि ?’

अध्यक्ष ओलीले जनप्रतिनिधिको एक वर्ष बितिसकेको भन्दै अब साढे तीन वर्ष बित्न पनि धेरै समय नलाग्ने बताए । ‘हामीसँग धेरै समय छैन । परिस्थिति फेरिएको छ । त्यसैले बेलैदेखि हामीले उपलब्धिहरू, कामहरू देखिने गरी जनताको अघिल्तिर प्रस्तुत भएर जानुपर्छ,’ उनले भने ।

उनले उद्देश्यमा स्पष्ट योजना बनाएर बजेट निर्माण र योजनाअनुरुप काम गर्न जनप्रतिनिधिहरूलाई निर्देशन दिए । अध्यक्ष ओलीले जनप्रतिनिधिले नागरिकप्रति उत्तरदायी र जवाफदेही भएर प्रस्तुत हुनुपर्ने बताए ।

🔴स्थानीय तहका जनप्रतिनिधिका लागि अनुशिक्षण कार्यक्रममा केपी ओली ।। LIVE ।।

‘जनप्रतिनिधिले कार्यसम्पादन कसरी गर्ने, हाम्रो बोली चाली व्यवहार कस्तो हुनुपर्छ भन्ने कुराले हामीप्रति जनताले हेर्ने दृष्टिकोण बन्छ,’ ओलीले अघि भने, ‘हामीले नागरिकसँग, हामीसँग जोडिन आएका नयाँ मान्छेहरूसँग अनैतिक तरिकाले प्रस्तुत हुन मिल्दैन । त्यही बेलाको बोली र व्यवहारबाट हामीलाई नागरिकले हेर्ने दृष्टिकोण तय हुन्छ । तपाईंहरूले ख्याल गर्नुहोला ।’

त्यो नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका र खासगरी मेराे नजिक रहेका भनिएका मान्छेहरूलाई कसरी नाम पाेल्न, कसरी नाम लेख्न, कसरी मुछ्न लगाउने र त्यो कसरी प्रचार गर्ने! पुलिसकहाँ कसैले नाम उच्चारण गर्याे बयानमा भने अखबारमा सँगसँगै कसरी पुग्छ?…’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com