ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सचिव पाण्डेले कार्यदलको प्रतिवेदन नै ‘कीर्ते’ गरेको निष्कर्ष


एबीसी / संवाददाता
जेष्ठ १२, २०८० शुक्रबार   ६ : ३९   बजे

काठमाडौँ, १२ जेठ । भुटानी शरणार्थीबारे पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वको कार्यदलले तयार गरेको प्रतिवेदन तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले नै ‘कीर्ते’ गरेको प्रहरीको अनसन्धान निष्कर्ष छ । जिल्ला प्रहरी परिसर काठमाडौँले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले बुधबार अदालतमा अभियोगपत्र दायर गरेको छ ।

अभियोगपत्रमा ‘भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन–२०७६’लाई पाण्डेले नै कीर्ते गरेको उल्लेख गरिएको छ । भुटानबाट आएर तेस्रो मुलुकमा जान छुटेका ४२९ जना ‘भुटानी शरणार्थी’ भनेर कार्यदलले उल्लेख गरेको तर, सो प्रतिवेदनका आधारमा गैरभुटानीलाई अमेरिका पठाउन पाण्डेले प्रतिवेदन सच्याएर ‘अनुसूची थप’ गरेको भेटिएको छ ।

शरणार्थीको नाममा ठगी गर्ने गिरोहले टेक नारायण पाण्डेमार्फत् नै कार्यदलको प्रतिवेदन बाहिर ल्याएको अनुसन्धानबाट थाहा भएको छ । सरकारी वकिलले अदालतमा दायर गरेको अभियोगपत्रमा भनिएको छ, “सो प्रतिवेदनमा ५ पेजमा ब्यहोरा थप गरेको र निष्कर्ष फेरबदल गरेको पुष्टि भएको छ ।”

सक्कली प्रतिवेदनका ठाउँमा नक्कली प्रतिवेदन राखेर भुटानी शरणार्थीका नाममा लिखत कीर्ते गरेको अनुसन्धानको निष्कर्ष छ । संगठित अपराध र अकुत सम्पत्ति आर्जन गरेको र भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाइ लिखत कीर्तेको कसुरमा सरकारी वकिलले पाण्डेविरूद्ध अभियोगपत्र दायर गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिम सरकारी लिखत कीर्तेको कसुरमा पाण्डेलाई कैद र जरिबाना गर्न सरकारी वकिलले मागदाबी लिएको छ । तत्कालीन गृह मन्त्रालयका सचिव पाण्डे र गिरोहका सदस्य मोरङ घर भएका केशव दुलालसँग सरकारी तवरबाट भएका निर्णय एवम् कुराकानीको जानकारी लेनदेन गर्ने बारेमा लगातार संवाद भएको पुष्टि भएको छ ।

“संवादहरूमा भुटानी शरणार्थी छुट दर्ता गरी क्याम्प बाहिरका नेपालीहरूलाई अमेरिका पठाइदिने व्यवस्था गर्ने, मन्त्रीज्यूलाई भेट्ने र गिफ्ट दिने कुरा भएको देखिन्छ,” अभियोग पत्रमा भनिएको छ, “यस सम्बन्धमा विभिन्न मानिसहरूले गरेको नकरात्मक टिप्पणीहरूको जानकारी लिने दिने गरेको सूचना आदानप्रदान गरेको देखिन्छ ।”

सरकारी वकिलले पाण्डेविरूद्ध राज्यविरूद्धको कसुर, सरकारी लिखत कीर्तेको कसुर र संगठित ठगीमा कैद सजाय हुन मागदाबी लिएको छ । सरकारी वकिलले एकीकृत कसुर बापतको सजाय हुन पनि मागदाबी गरेको छ । ठगीसम्बन्धी कसुरमा ७ वर्ष कैद र ७० हजार जरिबाना हुने कानुनी व्यवस्था छ ।

कीर्तेमा ७ वर्ष कैद र ७० हजार जरिबाना र राष्ट्रहितविरूद्धको कसुरमा ५ वर्षसम्म कैद र ५० हजार जरिबाना हुने व्यवस्था छ । संगठित अपराधमा ५० प्रतिशत थप सजाय र एकीकृत कसुर बापत सबैभन्दा बढी सजाय हुने कसुर बापतको सजाय र त्यसपछिको अधिकतम् सजाय हुने अर्को कसुरबापतको सजाय आधा सजाय थप गरी सजाय हुनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group