ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व सिमसार दिवस आज मनाईदै


admin
माघ १८, २०७४ बिहीबार  ४ : १२ बजे

चितवन, १८ माघ ।  विश्व सिमसार दिवस तीनदिने कार्यक्रमसहित आजदेखि विभिन्न कार्यक्रम घोषणा गरी मनाउन थालिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय र संरक्षणमा लागेको बाघ संरक्षण उपसमिति, समुदायमा आधारित चोरीशिकार नियन्त्रण युवा जागरण अभियान र वर्ड एजुकेशन सोसाइटी चितवनलगायत दर्जनौँ संघसंस्थाको सहभागितामा संरक्षणमूलक कार्यक्रम गर्न थालिएको हो ।

‘दिगो शहरी भविष्यका लागि सिमसार’ नाराका साथ रत्ननगरको टिकौलीस्थित जैविकमार्गको सरसफाइ गरेर दिवसको उद्घाटन गरिएको थियो । सो क्रममा चितवन निकुञ्ज पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले सिमसार क्षेत्र विभिन्न कारणले खुम्चिँदै गएकाले संरक्षणमा चुनौती रहेको बताउनुभयो ।

जलवायु परिवर्तनका साथै विभिन्न कारणले माटो झरेर पुरिने, पानी सुक्ने तथा अन्य मिचाहा प्रजातिको झारका कारण सिमसार क्षेत्र घट्दो क्रममा छ । उहाँले यसतर्फ सबैको चासो हुनुपर्नेमा जोड दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरेर ५८ वटा तालतलैया छन् । रामसार सूचीमा सूचीकृत विसहजारी ताल छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जंगलको सिमसार क्षेत्रमात्रै संरक्षण गरेर नहुने भन्दै अब गाउँघरका सिमसार क्षेत्रको समेत संरक्षण हुनुपर्ने बताउनुभयो ।

मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले समितिमार्फत अहिले सिमसार क्षेत्र विस्तार र व्यवस्थापनको काम गरिरहेको र जैविक मार्गलगायत क्षेत्रलाई वातावरणमैत्री बनाउनुपर्ने बताउनुभयो । समुदायमा आधारित चोरीशिकार नियन्त्रण युवा जागरण अभियानकी संयोजक डोमा पौडेलले पारिस्थितिक प्रणालीमा सिमसार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको र सबै प्राणीको आश्रयस्थल सिमसार नै हुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले बढायो सार्वजनिक यातायातको भाडा

कर्मचारीमाथि पूर्वमन्त्रीको आरोप

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारले बढायो सार्वजनिक यातायातको भाडा

कर्मचारीमाथि पूर्वमन्त्रीको आरोप

ओलीबारे रास्वपा सांसदको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

एलडिसी ग्रेजुएशनपछि तयारी पोशाक क्षेत्रका १ लाख ३२ हजार रोजगारी गुम्ने खतराः अध्यक्ष पाण्डे

एलडिसी स्तरोन्नतिका कारण कुनैपनि औद्योगिक क्षेत्र प्रताडित हुन हुँदैनः अध्यक्ष पाण्डे

“कारागारमा हुनुपर्ने ओली हस्पिटलको बेडमा !” रास्वपा सांसदको तीखो आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com