ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालको पार्टी चल्न नसक्ने एमाले महासचिव शंकर पोखरेलको चेतावनी


ABC NEWS

दाङ ६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादी पार्टी अब नचल्ने बताएका छन्।

दाङको तुलसीपुरमा शनिबार आयोजित नेत्रलाल पौडेल अभागीको ४०औं स्मृति सभालाई सम्बोधन गर्दै उनले अब माधव नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी चल्न नसक्ने दाबी गरेका हुन्।

एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव भागवत विश्वासी, सदस्यद्वय तथा पूर्व सांसद हिराचन्द्र केसी र शारदा स्वर्णकार, जिल्ला अध्यक्ष सुरामणी बेलबासे, उपाध्यक्ष चुर्ण वली, सचिव डिल्लीबहादुर डाँगीसहित झन्डै चार सय जना नेता कार्यकर्ता फेरि एमालेमा फर्किएपछि महासचिव पोखेरेलले त्यस्तो जिकिर गरेका हुन्।

‘कुनै दिन माधवजीले षड्यन्त्रपूर्वक एमालेलाई कमजोर पार्न, सिध्याउन र पराजीत गर्नकै लागि पार्टी विभाजन गर्नु भएको थियो,’ उनले भने, ‘अब उहाँका षड्यन्त्रका तानाबाना सबै समाप्त भइसकेका छन्, एमालेलाई सिध्याउने षड्यन्त्र २० प्रतिशतले पार्टी फुटाउने कानुन बनाई फेरि त्यो फिर्ता नभएको भए अहिले जितेका समाजवादीका सांसदहरू सबै एमालेमा आइसकेका हुन्थे।’

महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रले अहिले सत्ताको नेतृत्व गरिरहेको भएपनि निरन्तर ओरालो लागिरहेको भन्दै माओवादीको अस्तित्व पनि संकटमा परेको दाबी गरे।

माओवादीले ठूला दलहरूबीचमा खेलेर वा भाँजो हालेर आफ्नो अस्तित्व जोगाउन नसक्ने उनले बताए। अब छिट्टै माओवादी दाङका दर्जनौं नेताहरू एमालेमा पार्टी प्रवेश गर्ने तयारी रहेको पनि उनले बताए।

अहिलेको आर्थिक मन्दीको प्रमुख कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल भएको उनले आरोप लगाएका थिए। पूर्व(अर्थमन्त्री जनार्दन शर्माले व्यापारीलाई राखेर करका दरहरू हेरफेर गर्दा कारवाही नगरी उनमुक्ति दिएका कारण देशमा अहिले आर्थिक संकट चुलिएको उनको भनाइ थियो।

‘सिसिटिभी फुटेज गायब पार्ने र जनार्दनलाई जोगाउने खेलका कारण देशले अहिले आर्थिक संकट व्यहोर्नुपरेको हो,’ उनले भनेका थिए, ‘यो दोष शेरबहादुर र प्रचण्डहरूकै थियो।’

लुम्बिनीका संस्थापक मुख्यमन्त्रीसमेत रहेका पोखरेलले आफूहरू करिव तीन वर्ष सत्तामा रहँदा देश इतिहासमै सबैभन्दा बढी आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको जिकिर गरेका थिए।

एमालेले कांग्रेस नेतृत्वलाई गत निर्वाचन एक्लाएक्लै लडौं भनेर प्रस्ताव राखेपनि कांग्रेसले नमानेका कारण अन्य साना दलहरूले च्याँखे थाप्ने काम गरिरहेको हुँदा देश बर्बादीको मार्गमा पुगेको उनको भनाई थियो।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नीतिहीन, विधिहीन र लक्ष्यहीन पार्टीको संज्ञा दिँदै एक–दुई पटक चुनाव जित्दैमा उनीहरूको अस्तित्व कायम हुन नसक्ने बताए।

‘युक्रेनमा एउटा हाँस्य कलाकारलाई जिताउँदाका परिणाम आज देश युद्धमा ढकेलिएको छ,’ उनले भने, ‘कुनैपनि दल पुरानो हुँदैन र नयाँ भनिएका दलहरूले जिते कुनै बेला देश युक्रेनको हालतमा पुग्ने खतरा छ।’

पुरानै पार्टीमा फर्किएपछि कार्यक्रमलाई सम्बोधन गर्दै भागवत विश्वासीले माधवकुमार नेपाल नेकपा माओवादीमा केन्द्रमा प्रवेश गर्न हतार गरिरहेको आरोप लगाए।

पार्टीलाई माओवादीमा लाने हतार गरिरहेको कुरा कुनै हालतमा स्वीकार्न नसक्ने भएकाले आफूहरू एमालेमै फर्किएको बताए।

विश्वासीले नेपालले पार्टीलाई कांग्रेसको पछाडि लतारेको, एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न पत्राचार गर्दा पनि कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन भूमिका खेल्ने जस्ता कारणहरूले आफूहरूले पार्टी छोडेर पुरानै घरमा फर्किएको तर्क गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com