ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म, शेरबहादुर देउवा र केपी ओलीसँगै बस्दा केही आशंका भयो : प्रधानमन्त्री प्रचण्ड


ABC NEWS
जेष्ठ ६, २०८० शनिबार  ९ : २९ बजे

काठमाडौँ ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन पार्टीका नेताहरू छलफलमा बस्दा यो घटनालाई सामसुम पार्न बसेका हुन् किझैं गरेर नबुझ्न आग्रह गरेका छन् । ‘उनले भने – कहिलेकाहीँ मिडियामा म शेरबहादुर देउवा र केपी ओलीसँगै बस्दा यही विषय सामसुम पार्न खोजेका हुन् कि भन्ने आशंका पनि भयो । जबकी हामी बसेको संसद्को लागि हो । संसद्‍मा वातावरण कसरी सहज बनाउने भन्ने विषयमा नै बसेको हो । मैले पटक पटक भनेको छु यो विषयमा दोषी नछुटोस् र निर्दोष नपरोस् भन्ने बाहेक तीन जना बसेर कहिल्यै पनि कुरा गरेको छैन । कुरा गर्न सक्ने अवस्था पनि छैन । तपाईंहरु बाहिर पनि यस्तो वातावरण बनाउनु भएको छ कि सबै यसमा सजग छौं,’ प्रधानमन्त्री दाहालले भने ।
प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणका दोषीहरूलाई कुनै हालतमा नछोड्ने र मुद्दा दर्ता भएपछि पनि थप अनुसन्धानको प्रकिया जारी रहने बताएका छन् ।

कान्तिपुर हाफ म्यारथुनको ११ औं संस्करणको उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले यो प्रकरण अब आम नेपाली र अन्तर्राष्ट्रिय रुपमा पनि चासोमा परिसकेकाले यसबाट कोही पछि हट्न नसक्ने दाबी गरे ।

‘कोही पनि दोषी छुट्दैन र कुनै न कुनै रुपमा त्यो दोष र कमजोरी अघि आउँछ । अदालतमा ६० दिनमा लैजानुपर्ने व्यवस्था अन्तर्गत लैजानै पर्छ । तर पनि कोही दोषी देखिन्छन् भने त्यसको अनुसन्धान प्रक्रिया रोकिन्छ भन्ने बुझेको छैन र रोकिँदैन । यो विषय फेरि नक्कली भुटानी शरणार्थी बनाउने कुरासँग मात्र सम्बन्धित छैन । समग्रमा हामी देशलाई सुशासनको कसरी अघि बढाउने भन्ने कुरासँग पनि सम्बन्धित छ,’ प्रधानमन्त्री दाहाले भने, ‘हामीले भ्रष्टाचार लगायत विकृति विसंगतिहरु नियन्त्रण गर्न कुन इच्छाशक्तिको साथ अगाडि बढ्छौं भन्ने कुरा पनि हो यो ।’

उनले यो विषय देशको अन्तर्राष्ट्रिय छविलाई हामी फेरि कसरी कामय गर्न सक्छौं र विकास गर्न सक्छौं भन्ने प्रश्नसँग पनि जोडिएको बताए ।

‘त्यसैले यो विषय नेपालको पार्टीहरु र सरकारको मात्र रहेन यो आम नेपालीको विषय पनि भएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यो विषय गम्भीरतासाथ हेरिएको छ । संयुक्त राष्ट्रसंघदेखि विभिन्न अन्तर्राष्ट्रिय संघ संस्था र विदेश शक्ति केन्द्रहरुले पनि यो विषयलाई गम्भीर रुपले हेरेका छन् । त्यसैले मलाई विश्वास छ यो विषय कसैले दायाँबाया गर्ने हुँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

सम्बन्धित

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com