ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको निर्णय बदर गर्दै स्वास्थ्यमन्त्रीले गरे आफूखुसी नियुक्ति


abc tv
जेष्ठ ५, २०८० शुक्रबार  १० : २१ बजे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्रीस्तरबाट भएको निर्णय बदर गर्दै नियमविपरीत नियुक्ति गरेको पाइएको छ । मन्त्री बस्नेतले यही जेठ ३ गते मन्त्रीस्तरीय निर्णय गर्दै डडेलधुरा अस्पताल विकास समितिको अध्यक्षमा करुणाकर ओझालाई नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८० वैशाख १७ गते सो समितिको अध्यक्षमा लक्ष्मण सिंहलाई नियुक्त गरेका थिए । वैशाख २३ गतेदेखि लागु हुने गरी सिंहलाई नियुक्त गरिएको थियो ।

सो नियुक्ति बदर गर्दै बस्नेतले गएको बुधबार ओझालाई तीन वर्षका लागि नियुक्त गरेका हुन् ।

ओझालाई पठाइएको पत्रमा ‘डडेलधुरा अस्पताल विकास समिति गठन आदेश, २०७६ को दफा ३ को उपदफा ९२० अनुसार मनोनीत गरिएको’ उल्लेख छ ।

सिंहको नियुक्ति जेठ ३ देखि नै बदर हुने पत्र समेत मन्त्रालयले पठाइसकेको छ ।

उक्त गठन आदेशको दफा ३ को ९३० मा दफा २ अनुसार नियुक्त अध्यक्ष तथा सदस्यहरूको पदावधि तीन वर्षको हुने उल्लेख छ ।

सोही आदेशको दफा ६ मा पदबाट राजीनामा दिएमा, पदावधि पूरा भएमा, मृत्यु भएमा र नेपालको कानुनविपरीत भएमा वा गैरकानुनी काममा संलग्न भएको पुष्टि भएमा पद रिक्त हुने व्यवस्था छ ।

यस्तै, दफा ३ को उपदफा ४ मा मन्त्रीलाई अध्यक्ष तथा सदस्य हटाउन सक्ने अधिकार दिइएको छ । “उपदफा ३ मा जुनसुकै कुरा लेखिए तापनि अध्यक्ष वा मनोनीत सदस्यले आफ्नो पदअनुरूप काम नगरेमा मन्त्रालयले निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ,” उपदफा ४ मा उल्लेख छ ।

सोही दफाको उपदफा ५ मा त्यसरी हटाइनुअघि अध्यक्ष वा सदस्यहरूलाई सफाइको मौका दिनुपर्ने उल्लेख छ ।

तर, मन्त्री बस्नेतले गठन आदेशविपरीत सफाइको मौका नै नदिई सिंहलाई अध्यक्षबाट हटाएर हतारमा आफूखुसी नयाँ अध्यक्ष नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com