ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कस्तो देखियो नेपाल बाट खग्रास चन्द्रग्रहण ?


ABC NEWS
माघ १८, २०७४ बिहीबार  ६ : ०५ बजे

काठमाडौँ, १८ माघ । माघ शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लागेको छ ।

बेलुकी पाँच बजेर ५५ मिनेटमा चन्द्रमा उदाएकामा नेपालमा ६ बजेर ३६ मिनेटमा ईशान कोणबाट ग्रहणले छोएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

ग्रहणको मध्यकाल सात बजेर १७ मिनेटमा भयो । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

ग्रहणका समयमा शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकले बिहान आठ बजेर ५५ मिनेटदेखि नै खान नहुने मान्यता छ । ग्रहण लागेपछि सुत्न, हाँस्य विनोद, मैथुन लगायत काम पनि गर्नु नहुने उहाँले बताउनुभयो । ग्रहण निमित्तिक देवपूजा, तर्पण, श्राद्ध आदि भने गर्नु हुने शास्त्रोक्त विधान छ ।

धर्मशास्त्रीय मान्यता अनुसार आजको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाले मात्र हेर्नुहुने समितिले स्वीकृत गरेका पंचागमा उल्लेख गरिएको छ । यी राशि भएकाले पनि खुला आँखाले ग्रहण हेर्नु हुँदैन । समितिले स्वीकृत गरेका यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुख प्राप्ति र मीन राशिकालाई चिन्ताको योग छ ।

आजको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रो अनुसार एकै महिनामा दुई पटक पूर्ण चन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।

चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देखिएको सोसाइटीले जनाएको छ ।
—

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

सम्बन्धित

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

नेपालीलाई दूतावासको चेतावनी– ट्रम्प नीतिमा सचेत नभए भिसा र ग्रिनकार्ड रद्ध हुन्छ

आज शहीद दिवस

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

राष्ट्रपति पौडेल आइतबार जापान जाने, मन्त्रिपरिषद्‌बाट भ्रमण स्वीकृत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com