ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुटानी शरणार्थी प्रकरणमा अझै १०/११ जना पक्राउ पर्न सक्छन् : काठमाडौं प्रहरी प्रमुख


ABC NEWS
बैशाख २१, २०८० बिहीबार  ४ : १३ बजे

 

काठमाडौं २१ बैशाख । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा अझै कम्तीमा १० पक्राउ पर्ने देखिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अझै १०र११ जना पक्राउ पर्न सक्ने बताएका हुन्।

‘अझै पनि १०र११ जना व्यक्तिहरू पक्राउ पर्नुपर्ने प्रारम्भिक अवस्थाको कुरा हो,’ उनले भने, ‘अरू व्यक्तिहरू पनि थप अनुसन्धानको क्रममा कति पर्छन्, बिचबिचमै भएकाले अहिले नै भन्न सकिन्न। अहिले हामीसँग ८ जना हुनुहुन्छ। उहाँहरूसँगको अनुसन्धानबाट खुल्न आएका विषयले हाम्रो अनुसन्धानको अगाडिको बाटो खुल्छ।’

उनका अनुसार यो प्रकरणमा प्रहरीले सुरूमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। संगठित रूपमै ठगी गरेको पाइएपछि प्रहरीले यसलाई संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

परिसरले अहिलेसम्म यो प्रकरणमा आठ जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि अनुसन्धान गरेको आज ४० औं दिन पुगेको छ।

संगठित अपराधमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।

प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्न अझै २० दिन छ।

परिसरमा नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको भन्दै प्रहरीमा २० वटा जाहेरी परेको थियो। जसमा एक सयभन्दा बढी पीडितको हस्ताक्षर रहेको एसएसपी कार्कीले बताए।अहिलेसम्म केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, इन्द्रजित राई, टेकनारायण पाण्डे, सन्देश शर्मा, सागर राई र सन्दीप रायमाझी पक्राउ परेका छन्।

प्रचण्डलाई भेटेपछि ओलीले भने – ‘रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण’

 

अझै गहिरोसँग अनुसन्धान हुनुपर्छ कोही पनि नक्कली शरणार्थी प्रकरणका छुट्नु हुंदैन – गगन थापा

पूर्वमन्त्री टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा, भैरहवाबाट काठमाडौं ल्याइँदै

सन्दीप रायमाझीलाई आज अदालतमा पेस गरिँदै

 

तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र दलाल केशव दुलालबीच लामो ‘च्याट’, नक्कली शरणार्थी प्रकरण

नक्कली भूटानी शरणार्थी बनाएर असुलीमा बादल–पत्नी र अख्तियार प्रमुखको पनि नाम पोले अभियुक्तहले

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सहयोग गर्छु : प्रतीक थापा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com