ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र दलाल केशव दुलालबीच लामो ‘च्याट’, नक्कली शरणार्थी प्रकरण


ABC NEWS

 

काठमाडौँ २० बैशाख । तत्कालीन गृहसचिव तथा हाल उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे बुधवार पेप्सीकोलाबाट पक्राउ परे । उनीमाथि गृह सचिव हुँदा नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर ठग्ने गिरोहलाई सघाएको आरोप छ ।

शरणार्थीको नाममा ठगेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या पाण्डे सहित ७ जना पुगेको छ । मंगलबार ललितपुरबाट पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परेका थिए ।सचिव पाण्डे र मोरङ घर भएका केशव दुलालको बीचमा ह्वाट्स एपमा लामो कुराकानी भएको भेटिएको छ । २०७९ चैत १२ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले मोरङ घर भएका केशव दुलाल सहित ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूको सङ्ख्या बढ्दै छ ।

ललितपुर महानगरपालिका वडा नम्बर–२३ घर भएका सानु भण्डारी र दुलालसँग सचिव पाण्डेको ‘कनेक्सन’ देखिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने–‘केशव दुलालसँग शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउने बारे लामो कुराकानी भएको देखिन्छ ।’

दुलाल र पाण्डेको बीचमा भएको लामो ‘च्याट’ भेटिएपछि प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । अनुसन्धानमा संलग्न एक जना अधिकृतले भने–‘ह्वाट्स एपमा लामो कुराकानी भएको भेटिएको छ ।’

शरणार्थीको नाममा ठगी धन्दा चलाएको आरोपमा २०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । २०७९ चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए । ठगीमा संलग्न मुख्य योजनाकार सन्देश शर्मा पक्राउ परेपछि उनको बयानका आधारमा उच्च पदस्थ अधिकारीहरू पक्राउ पर्न थालेका हुन् ।

आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

ठगीमा संलग्न आरोपमा नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी र डा. इन्द्रजित राईका छोरा नीरज राई विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

५० वर्षीय सानु भण्डारीले टोपबहादुर रायाझीका छोरा सन्दीप रायमाझीको नाम पनि बयानमा खुलाएका छन् । नक्कली परिचयपत्र बनाएर आफूहरूलाई ठगेको आरोपमा १ सय ४५ जनाले प्रहरीमा उजुरी दिएका छन् । उजुरकर्ताको सङ्ख्या १ सय ४५ पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) डा. मनोज केसीले बताए ।

शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा आफूहरू ठगिएको भन्दै पीडितहरूले २०७९ जेठ १८ मा पहिलो पटक प्रहरीमा जाहेरी दिएका थिए ।प्रहरीले आरोपीहरू विरुद्धको मुद्दा ‘संगठीत ठगी’मा रूपान्तरण गरेको छ । ‘संगठित ठगी’ मुद्दामा प्रहरीले आरोपीहरूलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।

आरोपीहरूले पीडितलाई बनाइदिएको ७ थान ‘शरणार्थी परिचयपत्र’ उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद गरेको थियो ।

बरामद गरिएको परिचयपत्रको ‘आधिकारिकता’ बारेमा जिल्ला प्रहरी परिसर काठमाडौँले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले प्रहरीलाई त्यसबारे जवाफ दिएको छ । मन्त्रालयले ती परिचयपत्र ‘गृह मन्त्रालयबाट जारी नभएको’ जवाफ पठाएको छ ।

भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दाका मुख्य योजनाकार सन्देश शर्माले मन्त्रालय मिलाउने जिम्मा आफ्नो रहेको बयान दिएका छन् ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक आफ्नो साथी भएको उल्लेख गर्दै शर्माले भनेका छन्–‘गृह मन्त्रालयमा कुरा गर्ने र सूचना ल्याउने जिम्मा मलाई दिएका थिए ।’

केशव दुलाल र सानु भण्डारीले गृहमा मिलाएबापत आफूलाई ‘मोटो रकम’ आउने आश्वासन दिएको शर्माले प्रहरीसँगको बयानमा बताएका छन् ।

प्रहरीले शर्मा र पीडित मध्येका गजेन्द्र बुढाथोकीको बीचमा भएको अडियो बरामद गरेको छ । बरामद गरिएका अडियोहरु प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

आफ्नो र गजेन्द्रको बीचमा भएको अडियो कुराकानीबारे शर्माले जवाफ दिएका छैनन् । प्रतीक थापा र सन्देश बीचको कनेक्सनबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com