ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र दलाल केशव दुलालबीच लामो ‘च्याट’, नक्कली शरणार्थी प्रकरण


ABC NEWS
बैशाख २०, २०८० बुधबार  ८ : १६ बजे

 

काठमाडौँ २० बैशाख । तत्कालीन गृहसचिव तथा हाल उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे बुधवार पेप्सीकोलाबाट पक्राउ परे । उनीमाथि गृह सचिव हुँदा नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर ठग्ने गिरोहलाई सघाएको आरोप छ ।

शरणार्थीको नाममा ठगेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या पाण्डे सहित ७ जना पुगेको छ । मंगलबार ललितपुरबाट पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परेका थिए ।सचिव पाण्डे र मोरङ घर भएका केशव दुलालको बीचमा ह्वाट्स एपमा लामो कुराकानी भएको भेटिएको छ । २०७९ चैत १२ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले मोरङ घर भएका केशव दुलाल सहित ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूको सङ्ख्या बढ्दै छ ।

ललितपुर महानगरपालिका वडा नम्बर–२३ घर भएका सानु भण्डारी र दुलालसँग सचिव पाण्डेको ‘कनेक्सन’ देखिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने–‘केशव दुलालसँग शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउने बारे लामो कुराकानी भएको देखिन्छ ।’

दुलाल र पाण्डेको बीचमा भएको लामो ‘च्याट’ भेटिएपछि प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । अनुसन्धानमा संलग्न एक जना अधिकृतले भने–‘ह्वाट्स एपमा लामो कुराकानी भएको भेटिएको छ ।’

शरणार्थीको नाममा ठगी धन्दा चलाएको आरोपमा २०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । २०७९ चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए । ठगीमा संलग्न मुख्य योजनाकार सन्देश शर्मा पक्राउ परेपछि उनको बयानका आधारमा उच्च पदस्थ अधिकारीहरू पक्राउ पर्न थालेका हुन् ।

आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

ठगीमा संलग्न आरोपमा नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी र डा. इन्द्रजित राईका छोरा नीरज राई विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

५० वर्षीय सानु भण्डारीले टोपबहादुर रायाझीका छोरा सन्दीप रायमाझीको नाम पनि बयानमा खुलाएका छन् । नक्कली परिचयपत्र बनाएर आफूहरूलाई ठगेको आरोपमा १ सय ४५ जनाले प्रहरीमा उजुरी दिएका छन् । उजुरकर्ताको सङ्ख्या १ सय ४५ पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) डा. मनोज केसीले बताए ।

शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा आफूहरू ठगिएको भन्दै पीडितहरूले २०७९ जेठ १८ मा पहिलो पटक प्रहरीमा जाहेरी दिएका थिए ।प्रहरीले आरोपीहरू विरुद्धको मुद्दा ‘संगठीत ठगी’मा रूपान्तरण गरेको छ । ‘संगठित ठगी’ मुद्दामा प्रहरीले आरोपीहरूलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।

आरोपीहरूले पीडितलाई बनाइदिएको ७ थान ‘शरणार्थी परिचयपत्र’ उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद गरेको थियो ।

बरामद गरिएको परिचयपत्रको ‘आधिकारिकता’ बारेमा जिल्ला प्रहरी परिसर काठमाडौँले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले प्रहरीलाई त्यसबारे जवाफ दिएको छ । मन्त्रालयले ती परिचयपत्र ‘गृह मन्त्रालयबाट जारी नभएको’ जवाफ पठाएको छ ।

भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दाका मुख्य योजनाकार सन्देश शर्माले मन्त्रालय मिलाउने जिम्मा आफ्नो रहेको बयान दिएका छन् ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक आफ्नो साथी भएको उल्लेख गर्दै शर्माले भनेका छन्–‘गृह मन्त्रालयमा कुरा गर्ने र सूचना ल्याउने जिम्मा मलाई दिएका थिए ।’

केशव दुलाल र सानु भण्डारीले गृहमा मिलाएबापत आफूलाई ‘मोटो रकम’ आउने आश्वासन दिएको शर्माले प्रहरीसँगको बयानमा बताएका छन् ।

प्रहरीले शर्मा र पीडित मध्येका गजेन्द्र बुढाथोकीको बीचमा भएको अडियो बरामद गरेको छ । बरामद गरिएका अडियोहरु प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

आफ्नो र गजेन्द्रको बीचमा भएको अडियो कुराकानीबारे शर्माले जवाफ दिएका छैनन् । प्रतीक थापा र सन्देश बीचको कनेक्सनबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com