ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीद्वारा नवौँ पटक मन्त्रिपरिषद् विस्तार, सरकार अझै अपूर्ण


एबीसी / संवाददाता
बैशाख २१, २०८० बिहीबार  ८ : ४२ बजे

काठमाडौँ, २१ वैशाख । नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका धनराज गुरूङ, मोहन बस्नेत र डिगबहादुर लिम्बूले आज शपथ ग्रहण गर्न लागेका हुन् । नवनियुक्त मन्त्रीहरूको शपथ समारोह आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार गुरूङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बूलाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका थिए । तीन मन्त्री थपिएसँगै २२ सदस्यीय भएको छ ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो पटक ३ वैशाखमा मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यतिबेला उनले नेपाली कांग्रेसका एनपी साउदलाई परराष्ट्रमन्त्री र नेकपा (एकीकृत समाजवादी)का सांसद नन्द चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

त्यसअघि १७ चैतमा सातौँ पटकको विस्तारमा कांग्रेसबाट ४ जना मन्त्री नियुक्त भएका थिए । त्यो बेला पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा.प्रकाशशरण महत अर्थ, सीता गुरूङ सहरी विकास र रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका थिए । त्यसअघि, १७ फागुन, १४ फागुन, २३ माघ, १४ माघ र ३ माघमासमेत मन्त्रिपरिषद् विस्तार भएको थियो । प्रचण्डले ११ पुसमा प्रधानमन्त्रीको शपथ लिएका थिए ।

नवौँ पटक मन्त्रिपरिषद् विस्तारको तयारी भए पनि सरकारले भने अझै पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँड गर्दा वन मन्त्रालय जनता समाजवादी पार्टी र खानेपानी मन्त्रालय जनमत पार्टीको भागमा परेको थियो । तर, जनमत सरकारबाट बाहिरिएपछि अहिले खानेपानी मन्त्रालय नेतृत्वविहीन छ । साथै, जसपाले वन मन्त्रालयका लागि अहिलेसम्म प्रधानमन्त्रीकहाँ नाम पठाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२६वर्ष पछि कांग्रेसले आफनो विरासत फर्कायो

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

सम्बन्धित

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन

युद्ध तपाईंले सोचेभन्दा राम्रो चलिरहेको छ

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिँदै

इरानमा ग्यास संरचनामाथि हमला भएको दाबी

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com