ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट लोकतन्त्र मजबुत : मुख्यमन्त्री पाण्डे


एबीसी / संवाददाता
बैशाख २०, २०८० बुधबार  ९ : ४७ बजे

गण्डकी, २० वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट लोकतन्त्र मजबुत हुने बताएका छन् ।

विश्व प्रेस स्तन्त्रताका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले नेपालको संविधानले पूर्ण प्रेस स्तन्त्रतालाई अंगिकार गरेको र यसको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । सरकारका तर्फबाट निर्माण गर्नुपर्ने सञ्चारसम्बन्धी ऐन नियम बनाउन प्राथमिकताका साथ लाग्ने भन्दै सन्देशमा पत्रकारिता क्षेत्रमा समस्या देखापरे पनि सबै खाले समस्यालाई सामुहिक समाधान गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।

“प्रविधिको प्रयोगले परम्परागत सञ्चार माध्यम क्रमशः संकटमा पर्दै गएका छन् । प्रविधिलाई आत्मसात गर्दै पत्रकारिताले खोजमूलक र अनुसन्धानमूलक विषयमा ध्यान केन्द्रित गर्न सकोस्, आफैलाई परिष्कृत गर्न सकोस्”, सन्देशमा उल्लेख छ ।

लोकतन्त्रको पहरेदार राज्यको चौथो अंगमाथि जुनसुकै ढंगले हुनसक्ने नियन्त्रणलाई अस्वीकार गर्दै प्रेस जगतलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउन खेल्नुपर्ने सबै खाले भूमिकाका लागि सरकार तयार रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

सम्बन्धित

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

पत्रकार दिनेश सिटौलाको निधन

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com