ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राष्ट्रपतिसँग नेपाली राजदूतको भेट


abc tv
बैशाख १३, २०८० बुधबार   ५ : ५७   बजे

काठमाडौं । चीनका लागि नेपाली राजदूत विष्णपुकार श्रेष्ठले सोमबार ९११ वैशाख० चिनियाँ राष्ट्रपति सी चिनफिङसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरे।

ग्रेट हल अफ दि पिपुलमा आयोजित सो कार्यक्रमबारे प्रेस विज्ञप्ति जारी गर्दै बेइजिङस्थित नेपाली राजदूतवासले भन्यो, ‘ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रममा बेइजिङस्थित विभिन्न ७२ मुलुकका राजदूतहरु सामूहिक रुपमा उपस्थित थिए।’

ओहोदाको प्रमाणपत्र बुझाएको यति ठूलो सामूहिक कार्यक्रममा नेपाली राजदूत श्रेष्ठका अलावा चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न र भारतीय राजदूत प्रदीपकुमार रावत पनि थिए।

‘वसन्त ऋतुमा बेइजिङले वसन्तको सिरसिर हावा र गौरवशाली घामले नुहाउँछ, मोटरसाइकलमा सवार विभिन्न मुलुकका राजदूतहरु क्रमैसँग ग्रेट हल अफ दि पिपुलको उत्तरी गेटमा आइपुगेका थिए’, ओहोदाको प्रमाणपत्र बुझाउने समारोहबारे चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राजदूतहरुको स्वागत र शुभकामनाका लागि गार्ड अफ अनरका रुपमा ग्रेट हल अफ दि पिपुलको मूलढोकाको दुवैतर्फ ट्रम्प ९तुरही० बजाइएको थियो, राजदूतहरु लहरै फर्फराइरहेका झण्डाको छेवैबाट सेतो सिंगमरमरका सिढी चढेर ओहोदाको प्रमाणपत्र बुझाउने समारोहतर्फ अघि बढे।’

राष्ट्रपति सीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन अमेरिकी राजदूत बर्न र भारतीय राजदूत रावत एक वर्षभन्दा बढी समयदेखि प्रतीक्षारत थिए। मंगोलियाका राजदूत तुब्सान बद्राल, गुयानाका राजदूत अनविन चु त अझ तीन वर्षदेखि यो दिनको प्रतीक्षामा थिए। यी दुई मुलुकका राजदूतले कार्यकालको अन्तिम वर्षमात्र राष्ट्रपति सीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने अवसर प्राप्त गरेका हुन्।

यस हिसाबले नेपाली राजदूत श्रेष्ठले राष्ट्रपति सीसमक्ष अपेक्षाकृत चाँडै ओहोदाको प्रमाणपत्र बुझाउने अवसर प्राप्त गरेका छन्। राजदूत श्रेष्ठ साउन दोस्रो हप्ता कार्यभार सम्हाल्न बेइजिङ पुगेका थिए।

श्रेष्ठभन्दा अगाडि बेइजिङ पुगेका विभिन्न ३२ मुलुकका राजदूतहरु लामो समयदेखि राष्ट्रपति सीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने समारोहको प्रतीक्षामा थिए।

नेपाली राजदूत श्रेष्ठभन्दा अघि कार्यभार सम्हाल्न पुगे पनि श्रेष्ठसँगै राष्ट्रपति सीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नेमा मंगोलिया, गुयाना, बार्बाडोस, एल साल्भाडोर, अष्ट्रिया, आइसल्याण्ड, मेक्सिको, फिनल्याण्ड, मोनाको, सिसिली, घाना, बहराइन, युनियन अफ कोमोरोस, ट्रिनिडाड एण्ड टोबागो, मलावी, अल्जेरिया, सर्विया, उज्वेकिस्तान, प्रजातान्त्रिक गणतन्त्र कंगो, अमेरिका, भारत, किरिबाटी, यमन, कजाखस्तान, भेनेजुयला, सिरिया, नाइजर, जर्मनी, समोआ, साउदी अरेविया, दक्षिण कोरियाका राजदूत थिए।

नेपाली राजदूत श्रेष्ठभन्दा पछि कार्यभार सम्हाल्न बेइजिङ पुगेका दर्जनौँ मुलुकका राजदूत पनि महिनौँदेखि ओहोदाको प्रमाणपत्र बुझाउन प्रतीक्षारत थिए।

तिनमा सेनेगल, कंगो, ब्राजिल, युगाण्डा, दक्षिण सुडान, साइप्रस, लेसोथो, स्विट्जरल्याण्ड, बहमास, इष्टोनिया, इजिप्ट, सुडान, रुस, क्यानाडा, पोर्चुगल, बोत्स्वाना, बंगलादेश, किर्गिस्तान, स्लोभाकिया, न्युजिल्याण्ड, म्यानमार, ग्रिस, काबो भेर्डे, गुइना, माल्टा, चिली, सुरिनेम, फिलिपिन्स, कोलम्बिया, इथिओपिया, फ्रान्स, पेरु, टर्की, भनाउटु, बुरुन्डी, चाड लगायतका मुलुकका बेइजिङस्थित राजदूत थिए।

कोभिड महामारी सुरु हुनुअघिसम्म चीनले वर्षमा दुई पटक (सेप्टेम्बर–अक्टोबर र मार्च–अप्रिल) राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम तय गर्ने गरेको थियो।

कोभिड महामारीपछि पहिलो पटक सोमबार (११ वैशाख) मा सामूहिक रुपमा ओहोदाको प्रमाण पेश गर्ने कार्यक्रम आयोजना गरिएको हो।

सामान्यतया राष्ट्राध्यक्षसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूतहरुका लागि सम्बन्धित मुलुकमा औपचारिक रुपमा आफ्नो जिम्मेवारी सम्हाल्ने बाटो खुला हुन्छ। चीनको हकमा भने ओहोदाको प्रमाणपत्रको प्रतिलिपि चिनियाँ परराष्ट्र मन्त्रालयमा पेश गरेपछि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्न पाउने प्रावधान छ। राजदूत श्रेष्ठले गत ८ अगष्ट २०२२ (२३ साउन २०७९) मा चिनियाँ परराष्ट्र मन्त्रालयमा ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेश गरेका थिए।

चिनियाँ परराष्ट्र मन्त्रालयका अनुसार सामूहिक कार्यक्रम भएकाले सोमबारको समारोहमा राष्ट्रपति सीले एक–एक गरी राजदूतहरुसँग भेट गरी ओहोदाको प्रमाणपत्र ग्रहण गरेका थिए। सात दर्जन राजदूतहरुले एकै पटक ओहोदाको प्रमाणपत्र पेश गरेकाले राष्ट्रपति सी र राजदूतहरुबीच छोटो कुराकानी भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group