ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साथीले बोकेको बन्दुक पड्कँदा मृत्यु


एबीसी / संवाददाता

त्रिशूली, ११ वैशाख । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङको जंगलमा सिकार गर्न गएका पञ्च घलेको साथीले बोकेको बन्दुक पड्किएर लागेको गोलीले मृत्यु भएको छ । शनिबार राति जङ्गलमा सिकार गर्न गएका ३० वर्षीय घलेको सोही स्थानका अमृत तामाङले बोकेका भरुवा बन्दुक पड्केर गोली लाग्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार किम्ताङको जङ्गलमा अमृतले बोकेको बन्दुक उनी लड्ने क्रममा पड्कँदा उनको पछाडि रहेका घलेको छातीमा गोली लागी मृत्यु भएको हो ।

उनले घटनापछि शव र बन्दुक बोकेर अमृत तामाङ तीन घण्टाको पैदल दुरीमा रहेको प्रहरी चौकी किम्ताङमा आइतबार बिहान आइपुगेका हुन् । “साथी–साथी एकापसमा मिलेर भरुवा जंगलमा सिकार गर्न गएको समयमा अमृतले बोकेको बन्दुक पड्कँदा पञ्चको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ”, प्रहरी नायब उपरीक्षक खड्काले भने, “गोली लागेका पञ्च घले घाइते भएमा उपचार गर्न मिल्छ भनेर अमृतले चौकीसम्म बोकेर ल्याएको र घटनामा आफूले बोकेको बन्दुकको गोली लाग्न पुगेको स्वीकार गरेका छन् ।”

घटनामा संलग्न रहेका अमृतलाई ज्यानसम्बन्धी कसुर (हत्या) र हातहतियार तथा खरखजानासम्बन्धीको अभियोगमा कारबाही गर्ने नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com