ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रबिलाई गगनले लल्कार्दै भने – ‘लोक रिझ्याइँको राजनीतिले दुई–चार दिन रमाइलो मात्रै हो’


ABC NEWS
बैशाख ४, २०८० सोमबार  ७ : ११ बजे

 

काठमाडौं ४ वैशाख। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले लोक रिझ्याइँको राजनीति गरेको आरोप लगाएका छन् ।

चितवन–२ को चुनावी सभामा बोल्ने क्रममा रास्वपा नाम नलिइकन थापाले रिझ्याइँ गर्ने राजनीतिक दलको चित्रण गरे ।

 

रिझ्याइँको राजनीतिले उत्तेजना र समाज भड्काउने कार्य गर्ने उनले बताए । ‘लोकरिझाइँको राजनीतिले २–४ दिन रमाइलो हुन्छ । रोकरिझाई राजनीतिको एउटामा मात्रै सुत्र हुन्छ । के गर्नुपर्ने हो, त्यो हुँदैन । तपाईलाई जे सुन्न मन लागेको छ , त्यही भन्दिने हो,’ थापाले भने,‘लोक रिझ्याइँबाट प्रभावित भएर सिंगो प्रणाली माथि नै प्रश्न उठ्ने अवस्था आउन दिनुभयो भने त्यसको मूल्य हामी सबैले चुकाउनुपर्दछ।’
चितवन(२ का कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको चुनावी प्रचारका लागि चितवन पुगेका महामन्त्री थापाले सोमबार कालिकामा आयोजित कोणसभामा सम्बोधन गर्दै चितवन(२ को मतपरिणामले राष्ट्रिय राजनीतिको अहिलेको समिकरणमा कुनै असर नपार्ने भए पनि त्यसले एउटा सन्देश भने दिने बताए।

उनले भने( तपाईंहरूसँग कांग्रेसका सभापतिसँग प्रश्न होलान्, मसँग प्रश्न होलान्। कांग्रेसका नीतिमा पनि प्रश्न होलान्। म सब ठिकठाक छ भन्दिनँ, कांग्रेसलाई नयाँ बनाउनु पर्नेछ, फेर्नुपर्नेछ। जितनारायण श्रेष्ठ सांसद चुनिएर गएपछि हामीसँग मिलेर कांग्रेस सुधारको अभियानमा लाग्नुहुन्छ।

चितवन– २ लाई परीक्षण गर्ने ठाउँ हुन नदिन उनले मतदातासँग आग्रह गरे । अरु दुई ठाउँभन्दा भिन्न परिवेशमा चितवन–२ मा उपनिर्वाचन भएको उल्लेख गर्दै थापाले भने,‘उपनिर्वाचनको दोषी संविधान होइन । ल मेकर हुनुको अर्थ ल ब्रेकर हुन पाइन्छ भन्ने होइन ।’

महामन्त्री थापाले सरकार सञ्चालनको वर्तमान पद्धतिप्रति समेत असन्तुष्टि जनाए । आगामी पाँच वर्ष हेर्दाहेदै खेर जाने चिन्ता लागेको उनलेब बताए । संसदमा प्रधानमन्त्रीलाई सर्वाधिक प्रश्न गर्ने सांसदका रुपमा आफू उभिने उनले प्रतिवद्धता गरे ।

‘अब पाँच वर्ष संसदमा सबैभन्दा प्रश्न गर्ने सांसदका रुपमा मलाई पाउनुहुनेछ,’ थापाले भने,‘पाँच वर्षमा राम्रो गरेनौ भने भुइँमा पछार्छौं भन्ने सन्देश दिएर जिताएर पठाउनुस् ।’

पार्टी सभापति शेरबहादुर देउवा र आफूसँग चित्त नबुझेको भए त्यसको शिकार उम्मेदवार जित नारायण श्रेष्ठलाई नबनाउन उनले आग्रह गरे ।

‘म हरिमा विश्वास गर्ने मान्छे हुँ । भोट हाल्दा हरिले हेर्छन् । लाएको कुरा तपाईले भन्न पाउनुपर्छ तर धर्म राख्नुपर्दछ,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com