ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बक्यौता असुल्न निरीह प्राधिकरण


एबीसी / संवाददाता
बैशाख ३, २०८० आईतबार  ८ : ४२ बजे

काठमाडौँ, ३ वैशाख । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले बिजुली निर्यात गरेर आशाको सञ्चार गर्न सफल भए पनि प्राधिकरणभित्रका थुप्रै कमजोरी बाँकी छन् । सबैभन्दा ठूलो कमजोरी प्राधिकरणको बक्यौता असुलउपर हो । बिजुली प्रयोग गरेका सर्वसाधारणले बेलामा पैसा नतिरे प्राधिकरणले तुरुन्तातुरुन्तै लाइन काट्छ । तर, ठूला उपभोक्ताका हकमा भने प्राधिकरण निरीहजस्तै छ ।

त्यसैले त प्राधिकरणले महसुलबापत ट्रंक तथा डेडिकेटेड लाइनतर्फको १९ अर्ब ९५ करोड असुल्न सकेको छैन । यो केवल ६७ ग्राहकबाट गर्नुपर्ने असुली हो जुन प्राधिकरणको कुल बक्यौताको ४९.७२ प्रतिशत हो । बक्यौताका आधा नै त्यतिका ग्राहकको भएबाट उनीहरू कति शक्तिशाली र प्राधिकरण कति निरीह रहेछ भन्ने प्रष्ट हुन्छ । खासमा प्राधिकरणको बक्यौता ४० अर्ब १२ करोड रूपैयाँ छ । महालेखापरीक्षक कार्यालयले ६०औँ प्रतिवेदनमा त्यो बक्यौता औँल्याएको छ ।

बिजुलीको बिलिङ गर्दा छुट भए प्राधिकरणले पछि बिल पठाउन सक्ने प्राधिकरणको विद्युत् महसुल संकलन विनियमावलीमै व्यवस्था छ । सोहीअनुसार लोडसेडिङ हटेपछिको वर्ष केही उद्योग व्यवसायमा छुटेको बिल बनाएको थियो । तर, उद्योगीव्यवसायीले तिर्न आनाकानी गर्दा असुल्न सकेन । ग्राहकले पनि प्राधिकरणको बिल पुनरावलोकनका लागि निवेदन गर्न सक्ने व्यवस्था पनि छ । तर, जब साँच्चीकै बिजुली प्रयोग भएको भन्ने प्रष्ट हुँदा हुँदै पनि न त्यो असुलीमा जिम्मेवारी अधिकारीमाथि कुनै कारबाही भएको छ न असुली नै । यो विषय प्राधिकरणमा मात्रै सीमित नभई संसदीय छानबिनमा पनि परेको हो ।

संसद्को सार्वजनिक लेखा समितिले उपसमिति बनाएर विद्युत् प्राधिकरणको बक्यौता असुली सम्बन्धमा छानबिन पनि गरेको थियो । उसले डेडिकेटेड फिडर र ट्रंकलाइन ग्राहकबाट उठाउन बाँकी ९ अर्ब बक्यौता असुल गर्न र लाइनसम्बन्धी व्यवस्था कार्यान्वयन नगरी राजस्वसम्बन्धी गम्भीर लापरबाही गरेको ठहर्‍यायो । तर, कसैलाई कारबाही भएन । बरु प्राधिकरणका उच्च अधिकारी त्यस्तो बक्यौता महसुल मन्त्रिपरिषद्ले मिनाहा गर्न सक्ने तर्क गर्छन्। खासमा त प्राधिकरण त्यस्तो बक्यौता जुनकुनै हालतमा पनि असुल्न लागिपर्नुपर्ने हो । त्यसो नगर्ने हो भने सानालाई ऐन र ठूलालाई चैन हुन्छ ।

जुन सरासर कानुनी राज्यको उपहास हो । दण्डहीनता हो । लापरबाही गर्नेलाई उन्मुक्ति र राज्यले आम्दानी गुमाउँछ । राज्यलाई निरीह र कमजोर बनाए बेथिति मौलाउँछ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

पत्रकार दिनेश सिटौलाको निधन

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com