ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार मात्रै ढुक्क छ, अरु छैन : अध्यक्ष ओली


एबीसी न्यूज
चैत्र २५, २०७९ शनिबार   ७ : १४   बजे

काठमाडौं, २५ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले प्रतिवद्धताको वर्षा मात्र गर्ने गरेको टिप्पणी गरेका छन् । मुलुक आर्थिक संकटमा धकेलिँदै गईरहेका बेला पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने ढुक्क र प्रशन्न चित्तमा ‘कमिटमेन्ट’को वर्षा मात्रै गर्ने गरेको उनले बताए ।

शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा एमाले अध्यक्ष ओलीले देश आर्थिक संकटतिर धकेलिएको बताए । ‘रेमिट्यान्सबाट कर्मचारीलाई तनाखा खुवाउनुपर्ने स्थिति आएको छ भनेर विज्ञहरुले भनिराखेका छन्’, उनले अघि भने, ‘सरकार मात्रै ढुक्क छ, अरु कोही ढुक्क छैन ।’

कसैले तारा झारदेउ भन्यो भने तारा मात्रै होइन, जून पनि झारी दिउँला भने जसरी प्रधानमन्त्री प्रस्तुत हुने गरेको उनले बताए । ‘प्रधानमन्त्रीज्यू तपाईँहरुको बीचमा पनि आएर बोल्नु भयो होला । ढुक्क, आराम, आनन्द, प्रशन्न चित्त हुनुहुन्छ उहाँ’, उनले भने, ‘भन्न केही बाँकी राख्नु हुन्न, कमिटमेन्टको वर्षा हुन्छ ।’

एमाले अध्यक्ष ओलीले सहकारी बदनाम भएको भन्दै ध्यान दिन सहकारी अभियन्ताहरुलाई आग्रह गरे । एकाध सहकारी देखाएर विरोध गर्ने भन्दा पनि सहकारीको संरक्षण र प्रोत्साहित गर्दै मुलुकलाई आर्थिक संकटबाट जोगाउन सरकारले पनि ध्यान दिनुपर्ने भन्दै उनले भने, ‘सहकारी बद्नाम हुन नपाओस् किनभने विश्वास धर्मरायो भने मानिसहरु कसरी सहकारीमा जान्छन् ?’

सहकारीमा कमजोरी भए सत्याउनु पर्ने, तर एकाधलाई दृष्टान्त बनाएर सबै खराब हुन भन्न नहुने उनले बताए । ‘सबै सहकारी बिग्रेको छ र रु एउटा कुनै बिग्रियो भने त्यसलाई देखाएर ल हेर सहकारी भनिएको छ’, उनले भने, ‘त्यो गर्ने होइन । सहकारीलाई अगाडि बढाउन सरकारले ध्यान दिनुपर्छ ।’

उनले सहकारीहरुलाई पनि अनाआवश्यक खर्च कटौती गर्न र उत्पादनमूलक काममा लगानी गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group