ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली सेना नियन्त्रित वेस्ट बैंक क्षेत्रमा दिदीबहिनी मारिए, आमा गम्भीर घाइते


एबीसी / संवाददाता
चैत्र २५, २०७९ शनिबार  ७ : ५४ बजे

एजेन्सी, २५ चैत । इजरायलको नियन्त्रणमा रहेको वेस्ट बैंकमा गोलाबारी हुँदा दुई इजरायली युवतीको मृत्यु भएको छ । उनीहरू दिदीबहिनी भएको बताइएको छ । १६ र २० वर्ष उमेरका उनीहरूको थप परिचय खुलाइएको छैन ।

गोली लागेकी ४८ वर्षीया महिला गम्भीर घाइते भएकी छन् । उनी मृत्यु हुने महिलाकी आमा युवतीकी आमा भएको बताइएको छ ।

शुक्रबार जोर्डन उपत्यकाको उत्तरी भागमा रहेको हमारा जङ्सनमा गोलाबारी भएको इजरायली सेनाले जनाएको छ । गाडीमा आक्रमण हुँदा उनीहरू मारिएका हुन् ।

उनीहरू बेलायतबाट बसाइँ सरेको वेस्ट बैंक बस्तीका प्रमुखले बताएका छन् । आक्रमण हुँदा उनका बुवा अर्को गाडी चलाइरहेको एजेन्सीले जनाएका छन् ।

आक्रमण दक्षिण लेबनान र गाजाक्षेत्रमा इजरायलले हवाइ आक्रमण गरेको केही घण्टापछि भएको हो ।

शुक्रबारको घटनालाई आक्रमण इजरायल र प्यालेस्टिनी इस्लामिक विद्रोही समूह हमासबीचको द्वन्द्वका रुपमा विकसित भएको इजरायलको आधिकारिक न्यूज एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार उक्त क्षेत्रमा असल्ट राइफलका २२ वटा गोली फेला परेका छन् ।

बिहीबार इजरायली सेनाले प्यालेस्टिनी इस्लामिक विद्रोही समूह हमासविरुद्ध कारवाही घोषणा गर्दै गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको थियो । हमासले गाजा क्षेत्रबाट बुधबार नौवटा रकेट इजराइलतर्फ हानेको थियो । त्यसको जवाफमा इजरायलले गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको हो ।

गत साता इजरायली प्रहरीले जेरुसेलमस्थित अल–अस्का मस्जिदमा मुस्लिम भक्तजनमाथि कुटपिट गरेको थियो। उक्त हिंसा थप चर्किँदै गएको हो ।

अघिल्लो वर्ष अलअक्सा मस्जिदमा इजरायली प्रहरीले मुस्लिम समुदायमाथि धरकपट गरेपछि त्यसबेला पनि दुईबीच युद्ध भएको थियो । युद्धमा तीन सय बढी प्यालेस्टिना मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

सम्बन्धित

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com