ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपलब्धिमूलक र प्रभावकारी बन्दै भूतपूर्व सैनिक सम्मेलन


एबीसी / संवाददाता

काठमाडौँ, २५ चैत । ‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा–सेनाप्रतिको समर्पण र भरोषा’ भन्ने मूल नाराका साथ यस वर्ष तीन पृतना मातहत छ स्थानमा आयोजना गरिएको भूपूसैनिक सम्मेलनको मैजारो भएको छ । गत फागुन १५ गते रुपन्देहीबाट थालिएको सम्मेलन दाङ, पोखरा, खैरेनीटार, बर्दिवास हुँदै चैत २१ गते रामेछापको मन्थलीमा सकिएको हो ।

मध्यपश्चिम, पश्चिम र मध्यपूर्र्वी पृतना मातहतका ३५ जिल्लाका भूतपूर्व सैनिकलाई लक्षित सम्मेलन भेटघाट, सेवाप्रवाह र सुझाव संकलनका हिसाबले उपलब्धिमूलक रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

जीवनको महत्वपूर्ण क्षण सैनिक संगठनमा बिताएका भूपूसैनिकको आर्थिक तथा सामाजिक जीवन सुखद बनाएर समाजमा मर्यादित, अनुशासित र सशक्त बनाउन सेनाले स्वास्थ्य, शिक्षा, सीप, स्वरोजगार, सेवा एवं सहुलीयतसहित स्वावलम्बनका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रत्येक सेनापतिले आफ्नो तीन वर्षे कार्यकालमा प्रादेशिक रुपमा कम्तीमा एकपटक भूपूसैनिक सम्मेलन गर्ने चलन छ । अघिल्लो वर्ष सुदूरपश्चिम र मध्यश्चिम क्षेत्रका १९ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि यस्तो कार्यक्रम गरिएको थियो । सम्मेलनको मुख्य उद्देश्य भनेको हिताधिकारीलाई कल्याणकारी कार्यको जानकारी, चाहना पहिचान, संगठन प्रमुखले अन्तरक्रिया गरी राय सुझाव संकलन गर्ने, पीर मर्का सुन्ने, शिविरमार्फत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने तथा सेनाप्रति विश्वास र भरोसा दिलाउने नै हो । आगामी वर्ष पूर्वी पृतना र उपत्यका पृतना मातहतका जिल्लालाई लक्षित गरी यस्तो सम्मेलन हुनेछ ।

सम्मेलनका क्रममा प्रधानसेनापति शर्माले गौरवशाली इतिहास र विशिष्ट परम्परा बोकेको सैनिक संगठनमा भूपूसैनिकले पुर्याएको योगदानको उच्च कदर गर्दै हिताधिकारीको आयआर्जनका लागि नयाँ–नयाँ क्षेत्रको पहिचान गरी सम्बोधन गर्ने प्रयास भइरहेको बताए । उनले भने, “राष्ट्र सेवा र जनताको सुख–दुःखमा साथ रहनु सेनाको मूलमन्त्र हो, सेना बलियो हुनु भनेकोे राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित तथा राष्ट्रिय स्वार्थको संरक्षण र सम्बोधन अझ प्रभावकारी हुनु हो ।” प्रधानसेनापति शर्माले लामो सैनिक जीवनको दौरान प्राप्त ज्ञान र सीपलाई आफू बसोबास गरिरहेको स्थानमा प्रयोग गर्दै सदैव राष्ट्रको हितका साथै जनताको सेवामा समर्पित रही अनुशासित नागरिकको रुपमा प्रस्तुत हुन सुझाव दिए ।

कोषका प्रमुख कार्यकारी अधिकृत पूर्वरथी गौरव तण्डुलले वहालवाला तथा अवकाश प्राप्त सैनिक र परिवारजनको बृहत्तरहितका खातिर संगठन सदैव दत्तचित्त र चिन्तनशील रही सञ्चालन गरिएका कल्याणकारीका नवीनतम कार्यक्रम उच्चस्तरीय र प्रसंशनीय रहेको दाबी गरे ।

भूतपूर्व सैनिकको जीवनलाई केही हदसम्म सरल, सहज र सुखी बनाउन सेना प्रयत्नशील रहेकाले सैनिक कल्याणकारी कोषको रकम पारदर्शी रुपमा सदुपयोग गर्दै शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलियतमार्फत सम्पूर्ण हिताधिकारीलाई सुविधा उपलब्ध गराउँदै आएको सम्मेलनका क्रममा जानकारी गराइयो । कोषले हिताधिकारीको जीवनस्तर उकास्न नेपाल मेगा इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा विसं २०७२÷७३ बाट सुरु गरेको लघुवित्त तथा स्वरोजगारका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट ३२ हजार सात सय ७३ लाभान्वित भइसकेका छन् । उक्त कार्यक्रममा हालसम्म रु सात अर्ब १८ करोड ३६ लाख ९९ हजार कर्जा प्रवाह भइसकेको बंैकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले जानकारी दिए ।

सेनाले हिताधिकारी लक्षित व्यावसायिक कृषि तथा पशुपन्क्षी तथा महिला उद्यमशीलता कर्जा कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । पछिल्ला वर्ष भूपू तथा पारिवारिक निवृत्तिभरणमा रहनुभएका एकल महिलाको सम्मानका लागि विभिन्न विधामा उत्कृष्ट ठहरिएका व्यक्तिलाई सेनाले स्थापना दिवसको अवसरमा नगद पुरस्कार र प्रशंसापत्र प्रदान गर्दै आएको छ ।

सम्मेलनमा प्रादेशिक रुपमा ज्येष्ठ भूपू र एकल महिला तथा चार वा सोभन्दा धेरै सन्तान सेनामा भर्ना गर्न प्रोत्साहन गर्ने मातापितालाई सम्मानका साथै शारीरिक असक्तलाई वैशाखी र ह्वील चेयर प्रदान गरिँदै आएको छ । लामो समयपछि हुने भेटघाट, सद्भाव र मेलमिलापले सम्मेलनको आवश्यकता र ओज बढाएको छ ।

जीवनको ऊर्जाशील समय सैनिक सेवामा विताएका ठूलो सङ्ख्यामा रहेका भूपू सैनिकले सम्मेलनलाई सहकर्मीबीच भेटघाट, सुख–दुःख साटासाट र संगठनको नेतृत्वसँग गुनासो व्यक्त गर्ने महत्वपूर्ण अवसरका रुपमा लिने गरेको पाइन्छ । सम्मेलनलाई हिताधिकारीको सेवा सुविधा विस्तार र घोषणा गरिएका कार्यक्रमको समीक्षा गर्ने अवसरका रुपमा सेनाले लिने गरेको छ । हाल मुलुकभर भूपूसैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलासमेतको सङ्ख्या ९७ हजार ५१५ रहेको छ ।

यस वर्षको सम्मेलनमा १७ हजार छ सय ५९ भूपूसैनिक तथा आश्रित एवं एकल महिला दुई हजार पाँच सय ४१ जनाको सहभागिता रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कल्याणकारी कोषमार्फत सेनाले आफ्नो दायित्वभित्र परेका १० लाखको सङ्ख्यामा रहेका हिताधिकारीलाई विभिन्न सेवा र सुविधा प्रदान गर्दै आएको छ ।

सम्मेलनका क्रममा भूपूसैनिकद्वारा प्रस्तुत हुने जोशिलो परेडले संगठनको ओज बढाउने मात्र नभई प्रदेश र जिल्लाको पहिचानका रुपमा रहेका बाजागाजा, वेषभूषा तथा झाँकीसहितको गीत संगीत र नृत्यले लोक संस्कृतिको संरक्षण, विकास र विस्तारमा योगदान पुगेको छ ।

विगतमा काठमाडौँमा मात्र केन्द्रित स्वास्थ्य सेवा भूपूसैनिकको माग सम्बोधन गर्ने क्रममा सेनाले प्रदेशस्तरमै गुणस्तरीय सेवा पु¥याउन इटहरी, पोखरा, बर्दिवास, बुटवल, धनगढी, नेपालगञ्ज र बोराडाँडीमा अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । सम्मेलनका क्रममा विगतमा प्राप्त सुझावका आधारमा सेनाले हिताधिकारीलाई आत्मनिर्भर र स्वावलम्बी बनाउन मेकानिक्स, सिलाइकटाइ, पेन्टर, कार्पेन्टर, इलेक्ट्रिसियन, प्लम्बर, कुक, कम्प्युटर र कृषिसम्बन्धी व्यावसायिक तालिम प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com