ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ : मन्त्री शर्मा


एबीसी / संवाददाता

काठमाडौँ, २५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सबै भू–भागमा यथाशीघ्र टेलिफोन र सूचना प्रविधिको सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग उठेका जिज्ञासाको सम्बोधन गर्दै उनले जनशक्ति र कार्यक्षमता बढाएर टेलिफोन र प्रविधि क्षेत्रको विकासलाई राष्ट्रहितका पक्षमा अघि बढाउने विश्वास दिलाइन् ।

मन्त्री शर्माले भनिन्, “देशमा टेलिफोन र सूचना प्रविधिको गुणस्तरीय सेवा पुर्‍याउन अझै चुनौती छ, मोबाइललगायत सर्भरमा आएको समस्या हटाउँदै सुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि प्रयास भइरहेको छ ।”

अहिले पनि मुलुकका मुख्य राजमार्गका कतिपय स्थानमा टेलिफोन सेवाको सहज पहुँच नभएको उल्लेख गर्दै उनले राजमार्गमा देखिएका समस्या छिटो समाधान गरी अघि बढ्ने प्रयास भइरहेको जानकारी दिइन् ।

काठमाडौँ उपत्यकालगायत कतिपय सहरी क्षेत्रमा घरधनीले टावर राख्न नदिएका कारण टेलिफोन सेवा विस्तारमा चुनौती देखिएको बताउँदै मन्त्री शर्माले सरोकारवाला पक्षसँग छलफल गरी दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक कार्यान्वयनमा ल्याइने बताइन् ।

मन्त्रालयका काम–कारबाही र विधेयकसँग जोडेर भ्रम फैलाउने काम नगर्न आग्रह गर्दै उनले नयाँ बन्ने कानुनमा पनि कसैको फोन टेप गर्ने प्रावधान नराखिने स्पष्ट पारिन् ।

मन्त्री शर्माले भनिन्, “राष्ट्रहित र कानुनभन्दा बाहिर गएर कुनै काम गरिने छैन । दूरसञ्चार क्षेत्रको विकास र विस्तारका लागि नयाँ कानुन बनाउनुपर्ने आवश्यकता छ, पुराना कानुन हटाएर नयाँ कानुनको मस्यौदा निर्माण गर्ने क्रममा सरोकारवालालाई बोलाएर सल्लाह र सुझाव लिनेछौँ ।”

हुलाक सेवालाई पुनःसंरचना गर्ने विषयमा कुनै विवाद नरहेको उल्लेख गर्दै मन्त्री शर्माले सरकारले सबै पक्षमा काम गर्दा कानुन र नियममा टेकेरमात्र गर्ने स्पष्ट पारिन् । उनले आमसञ्चार, सूचना प्रविधि, चलचित्र, टेलिकमलगायत क्षेत्रमा देखिएका समस्या समाधान गर्दै नयाँ कार्यक्रमको दायित्वलाई व्यवस्थित रूपमा अघि बढाउन मन्त्रालय सक्षम रहेको बताइन् । मन्त्री शर्मासँग सांसद रघुजी पन्त, गगनकुमार थापा, रामहरि खतिवडा र ज्ञानबहादुर शाहीले प्रश्न सोधेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com