ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा पहिलोपटक अंग्रेज परास्त गर्ने शिकारी सरदार वंशु (वंश) गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग


abc tv
चैत्र २३, २०७९ बिहीबार   ९ : ५५   बजे

काठमाडौं । अंग्रेज फौजलाई विश्वमा पहिलोपटक पराजय गराएको सिन्धुली गढी युद्धमा विशेष योगदान गरेका शिकारी सरदार वंशु (वंश) गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका १२, ढोर जस्पुरमा रहेका वंशु (वंश) गुरुङका सन्ततिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज भेट गरी यस्तो माग गरेका हुन् ।

शिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानको तर्फबाट ज्ञापनपत्र बुझाउँदै सिन्धुली गढीको युद्धमा वीरतापूर्ण कदम चालेर नेपालको स्वाभिमान रक्षा गरेको भन्दै वंशु (वंश) गुरुङलाई उच्च सम्मान गर्न माग गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरुङ र बेलायत संयोजक लेख गुरुङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा इतिहासको कालखण्डमा नेपाली भूमिको रक्षाका लागि योगदान गर्ने वीर योद्धाको राज्यले सम्मान गर्नुपर्ने माग गरिएको छ ।

प्रतिष्ठानले शिकारी सरदार वंशु (वंश) गुरुङको तस्विर अंकित हुलाक टिकट प्रकाशन गर्नुपर्ने, इतिहासमा वीर योद्धाको भूमिकालाई उचित सम्मान गर्दै पुनर्लेखन गर्नुपर्ने र प्रतिष्ठानका लागि उचित बजेट विनियोजन गर्नुपर्ने लगायत माग राखिएको थियो ।

सिन्धुलीगढीमा अंंग्रेजसँग १८२४ साल असोजमा भएको युद्धमा वीरता प्रदर्शन गरेर नेपाल भूमि जोगाउने काममा वंशु (वंश) गुरुङको अतुलनीय योगदान रहेको भन्दै प्रतिष्ठानका अध्यक्ष क्या. लालजंगले सरकारले उच्च सम्मान गरिनुपर्ने बताए ।

ज्यानको बाजी राखेर नेपाली भूमि रक्षाका लागि खेलेको भूमिकाको सम्मानका लागि नेपाल सरकारले ऐतिहासिक निर्णय गर्नेमा आफूहरु आशावादी रहेको प्रतिष्ठानका बेलायत संयोजक लेख गुरुङले बताए । उनले भने, ‘इतिहास जित्नेहरुको लेखिन्छ भनिए पनि वंशु (वंश) गुरुङको सवालमा न इतिहास लेखियो, न त उचित सम्मान नै भयो ।’

ज्ञापनपत्र बुझाउन गएको प्रतिनिधि मण्डलसँगै रहेका तनहुँ १ का प्रतिनिधिसभा सांसद शंकर भण्डारीले सरकारले वंशु (वंश) गुरुङलाई उचित सम्मान गर्नुपर्ने र आफ्नो तर्फबाट निरन्तर पहल गरिने बताए ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यसबारेमा थप अध्ययन गरिने र यथोचित निर्णय लिइने बताए ।

सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, लेम तमू (लाम्छाने गुरुङ) समाजका अध्यक्ष क्या. ओम गुरुङ लगायतको उपस्थिति थियो ।

विश्वको कुनै पनि युद्धमा पराजित नभएका इष्ट–इण्डिया कम्पनीका अंग्रेज फौज सिन्धुली गढीमा भएको युद्धमा १८२४ साल असोज १५ गते पहिलोपटक पराजित भएका थिए । विश्वमा नहारेका अंग्रेजलाई पराजित गराउने नाइकेमध्येका शिकारी सरदर वंशु (वंश) गुरुङ एक थिए ।

उनले अंग्रेज फौजको परास्त गरी नेपाली भूमिको रक्षाका लागि योगदान गर्ने वीरयोद्धा शिकारी सरदार वंशु (वंश) गुरुङप्रति राज्यको तर्फबाट कुनै सम्मान नभएको गुनासो उनका सन्ततिहरुको छ ।

अहिलेसम्म शिकारी सरदार वंशु (वंश) गुरुङका सन्तानहरुले २०७६ साल असोजमा प्रतिष्ठान स्थापना गरी विभिन्न कार्यक्रम गर्दै आएका समेत प्रधानमन्त्री समक्ष जानकारी गराएका थिए । प्रतिष्ठानको निजी खर्चमा वंशु (वंश) गुरुङकै पुख्र्यौली थलो तनहुँको शुक्लागण्डकी नगरपालिका १२, ढोर जस्पुरमा अर्धकदको शालिक निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group