ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तातो पानी पिउँदा घट्छ शरीरको उच्च कोलेस्टेरोल !


एबीसी न्यूज
चैत्र २१, २०७९ मंगलबार   ६ : ३१   बजे

काठमाडौं, २१ चैत्र । तातोपानीका कैयौं फाइदा छन्, जो रक्तनली सफा गर्ने सबैभन्दा सजिलो तरिका हो। आयुर्वेदका अनुसार मानिसको शरीर मुख्य रुपमा ५० देखि ७० प्रतिशत पानीबाट बनेको हुन्छ। जस्तो रगतमा ८३ प्रतिशत पानी हुन्छ।

पातलो मांसपेशी ७५ प्रतिशत पानीले बनेको हुन्छ। हड्डीमा २२ प्रतिशत पानी हुन्छ। मस्तिष्कमा ७४ प्रतिशत पानी हुन्छ। यसका अलावा शरीरका लागि सजिलै सफा गर्ने तत्वको रुपमा पानीले काम गर्छ।

यस्तोमा तातो पानी पिउँदा यसले यात्रा गर्ने अंगलाई डिटक्सीफाइड अर्थात् विषाक्तरहित पार्छ।कोलेस्टेरोलको कुरा गर्दा लिपिड रक्तनलीहरुमा टाँस्सिन्छन्। जब बढी चिल्लो या अस्वस्थकर चिज खाइन्छ,

त्यसबाट बनेका लिपिड रक्तनलीमा टाँस्सिने हुन्छन्, जसले प्रारम्भिक रुपमा रक्तसञ्चार हुने मार्गलाई साँघुरो बनाइदिन्छन्। यसले मुटुमा दबाब पर्छ र शरीरका अन्य अंगमा रगत आपूर्तिमा अवरोध हुन्छ।

यस्तो अवस्थामा तातो पानीले चिल्लो र अस्वस्थकर खानाबाट बन्ने लिपिडलाई सफा गर्छ र कोलेस्टेरोलको तह कम गर्न मद्दत पुग्छ।

कोलेस्टेरोलका लागि तातोपानीका फाइदा

उच्च कोलेस्टेरोल भएका मानिसका लागि तातो पानीका कैयौं फाइदा छन्। जस्तोःतातो पानीले रक्तनलीमा टाँस्सिएका फ्याट मोलिक्युल्सलाई पगालेर हटाउन मद्दत गर्छ र रक्तनली सफा पार्छ।

तातोपानीले रक्तनलीमा टाँस्सिएका लिपिड्सलाई सफा गरेर शरीरमा रक्त आपूर्ति सहज बनाउँछ।तातोपानीले ब्याड कोलेस्टेरोलका लागि कारक मानिएको ट्राइग्लीसराइड्स कम गर्न मद्दत गर्छ।

खाना खाएपछि तातोपानी पिउँदा शरीरमा कोलेस्टेरोल जम्मा हुन दिँदैन।तातो पानीले धमनी र नसालाई शरीरमा पूर्ण रुपमा रगत फैलाउन मद्दत गर्छ, जसबाट शरीरका अंग स्वस्थ हुन्छन्।

हाई कोलेस्टेरोलमा तातो पानी पिउने सही तरिकाआयुर्वेदका अनुसार हाई कोलेस्टेरोलमा तातो पानी पिउने सही तरिका हो बिहान खाली पेटमा पिउनु। पानी करिब १२० फरेनहाइट हुनुपर्छ। आवश्यकताअनुसार कागती, महजस्ता चिज मिसाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group