ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पन्ध्र दिनमै भत्कियो कालोपत्र सडक


एबीसी / संवाददाता

भजनी, २१ चैत । कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर ‘ए’ मा ‘स्मार्ट सिटी’अन्तर्गत निर्माण भइरहेको कालोपत्र सडक १५ दिन नपुग्दै भत्किन थालेको छ । पटक–पटक निर्माण अवधि थपेर निर्माण कम्पनी महालक्ष्मी/एमके जेभीले कालोपत्र गर्न सुरु गरेको उक्त सडकको १५ दिन नपुग्दै कालोपत्र उप्किन थालेकोे स्थानीय नन्दसिंह विकले बताए । “कम्पनीले काम सुरु गरेदेखि नै काममा लापरवाही गर्दै आएको थियो । यसको निरन्तरता सडक कालोपत्रमा पनि देखियो”, उनी भन्छन्, “निर्माण सम्पन्न नहुँदै सडक भत्किन थालेपछि सहजै अनुमान गर्न सकिने स्थिति रह्यो । काम गुणस्तरहीन भएको छ भन्ने ।”

स्थानीय हरि चौधरीका अनुसार यस्तै अवस्थामा सडकको काम भयो भने छ महिनामै कालोपत्र सडक ग्राभेल सडकमा परिणत हुन समय नलाग्ने बताए । उनले निर्माणकै क्रममा टाला हाल्न थालेको सडक दीर्घकालीन नहुने बताए । “अगाडि काम भएर जाने पछाडि त्यहीँ सडक भत्किएको जनाउँदै टाला हाल्दै जाने हो भने सडक गुणस्तरहीन छ भन्ने सामान्य नागरिकले पनि अनुमान गर्न सक्ने स्थिति छ”, उनी भन्छन्, “सकिन्छ भने सम्बन्धित निकायले समयमै अनुगमन गरी सडक पुनः कालोपत्रका लागि निर्माण कम्पनीलाई निर्देशन दिनुपर्छ ।”

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालय धनगढीको प्राविधिक टोलीले सडक निर्माणको विरोध भएपछि सडकको अनुगमन गरेको छ । आयोजनाका प्रमुख रमेश सिंहले कालोपत्र सडकमा समस्या आएको खबर प्राप्त भएपछि सडकको अनुगमन गरिएको बताए । “चौतर्फी कालोपत्र सडक केही दिनमै भत्कियो भन्ने खबर आएपछि हामी अनुगमनमा आएका हौँ”, उनले भने, “केही ठाउँमा समस्या देखिएको रहेछ, त्यसलाई पुनःनिर्माण गर्न लगाउँछौँ ।”

उनले सडकमा समस्या देखिएपछि कोहलपुरको ल्याबमा बिटुविनको परीक्षण गर्न पठाएका जनाउँदै आयोजना प्रमुख सिंहले त्यसको प्रतिवेदन आएपछि थाहा हुने बताए । टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारूले बिग्रेको क्षेत्रमा सडक सुरुबाट निर्माण गर्ने वातावरण बनाउन संघीय सहरी विकास आयोजनाका प्रमुखलाई आग्रह गरे । उनले प्राविधिक समस्याका कारण काममा समस्या देखिएको भए ठीक हुने भए पनि नियतले काममा कसैलाई गलत गर्ने छुट नहुने बताए ।

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालयको करिब रु आठ करोड लागतमा ब्लक ‘ए’को तीन किलोमिटर सडक कालोपत्र र नाली निर्माण भइरहेको छ । ब्लक ‘ए’को तीनतिरको मुख्य सडक र केही भित्री सडकसमेत कालोपत्र भइरहेका छन् । निर्माण कम्पनीका ओभरसियर जयराम थापाले सडक कालोपत्र गर्दा तत्काल ठूला सवारीसाधन चलेकाले सडकका केही भागको कालोपत्र सेट हुन नसकेको दाबी गरे । टीकापुरको खड्गचोकबाट टीकापुर अस्पताल, खानेपानी ट्यांकी, इलाका प्रहरी कार्यालय हुँदै मेनरोड रहेको ब्लक नम्बर ‘ए’का भित्री सडक कालोपत्र भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com