ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवजोत सिंह सिद्धु जेलबाट रिहा


एबीसी / संवाददाता
चैत्र १९, २०७९ आईतबार  ७ : ०२ बजे

एजेन्सी, १९ चैत । पूर्वक्रिकेटर तथा भारतीय कंग्रेसका नेता नवजोत सिंह सिद्धु जेलबाट रिहा भएका छन् । शनिबार उनी पटियाला जेलबाट रिहा भएको बिबिसी हिन्दीले जनाएको छ ।

भारतीय सर्वोच्च अदालतले उनलाई तीन दशकअघिको एउटा घटनामा एक वर्ष जेल सजाय सुनाएको थियो । उनी १० महिना जेल बसेर छुटेका हुन् । उनलाई सर्वोच्चले जेल सजाय सुनाएपछि सिद्धुले आत्मसमर्पण गरेका थिए ।

जेलबाट रिहा भएपछि उनले कंग्रेस नेता राहुल गान्धीको विषयमा टिप्पणी गरेका छन् । कंग्रेसका नेता गान्धीलाई सुरतस्थित अदालतले २ वर्ष जेल सजाय सुनाएको र लोकसभा सदस्य खारेज गरेको विषयमा टिप्पणी गरेका हुन् । “देशमा जबजब तानाशाही आएको छ । तब एउटा कान्ती पनि आएको छ । र यसपटक क्रान्तीको नाम राहुल गान्धी हो,” उनले भने, “हामी सरकारलाई हल्लाउँछौँ ।”

के थियो घटना ?
सन् १९८८ डिसेम्बर २७ का दिन पटियालाको एउटा पार्किङमा सिद्धुको ६५ वर्षीय गुरनाम सिंहसँग मारपिट भएको थियो । पछि गुरनामको मृत्यु भयो । सिद्धुलाई गैरनियतवश हत्याको आरोप लागेको थियो । त्यो बेला सिद्धुलाई जिल्ला अदालतले निर्दोष ठहर्‍याएको थियो । तर, उच्च न्यायालयले दोषी ठहर्‍याउँदै तीन वर्ष सजाय सुनाइदियो ।

सरकारको तर्फबाट मुद्दा लडेका वकिलका अनुसार उक्त दिन सिद्धु र उनका साथी रूपिन्दर सिंह संधु पटियालाको शेरनवाला गेटनजिकै गाडीमा जाँदै थिए । त्यहीँ पीडित गुरनाम सिंह र अरू दुई जना कारमा थिए । सवारी हटाउने विषयमा सिद्धु र उनका साथीको गुरनामसँग विवाद भयो । उनीहरूबीच कुटाकुट पनि भयो । यसबीच गुरनाम सिंह लडे । पछि अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो ।

पुलिस रेकर्डका अनुसार घटनापछि सिद्धु र उनका साथी फरार थिए । पछि मृतकका परिवारको आग्रहमा सिद्धु र उनका साथीविरूद्ध मद्दा दर्ता भयो ।

जिल्ला अदालतपछि यो मुद्दा उच्च न्यायालयमा पुगेको थियो । सन् २००६ मा सिद्धु र उनका साथीलाई ३–३ वर्षको सजाय सुनाइयो । दुवैलाई जनही एक–एक लाख जरिवाना पनि तोकियो । पछि गुरनामको मृत्युबारे डाक्टरहरूको राय स्पष्ट नभएको भन्दै यो मुद्दा सर्वोच्चमा पुर्‍याइएको थियो ।

सर्वोच्चले सन् २०१८ मा सिद्धुलाई निर्दोष सावित गरेको थियो । तर, पीडित परिवारले यसविरूद्ध फेरि अपिल गरेको थियो । यसमै अदालतले अहिले आएर सिद्धुलाई दोषी ठहर्‍याउँदै एक वर्षको सजाय सुनाएको हो ।

पहिले सिद्धुविरूद्ध यो मुद्दा चलेका बेला उनी क्रिकेटमा सक्रिय थिए । सन् १९९९ उनले क्रिकेटबाट सन्यास लिए र कमेन्टेटरको रूपमा काम थाले । उनी अमृतसरका सांसद भए र पञ्जाबमा कंग्रेसका अध्यक्ष पनि भइसकेका छन् । अहिले उनी पन्जाब कंग्रेसका वरिष्ठ नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

अबुधाबीमा क्षेप्यास्त्र अवशेष खस्दा २ जनाको मृत्यु, ३ घाइते

इरानले अमेरिकासँग वार्ता नगर्ने अडान, इजरायलले लेबनानमा ‘बफर जोन’ विस्तार गर्ने घोषणा

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

युद्ध तपाईंले सोचेभन्दा राम्रो चलिरहेको छ

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

इरानमा ग्यास संरचनामाथि हमला भएको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com