ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दीप लामिछानेविरूद्धको मुद्दामा अन्तिम सुनुवाइ आजदेखि


एबीसी / संवाददाता

काठमाडौँ, १३ चैत । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरू हुने भएको छ । जिल्ला अदालत काठमाडौँले लामिछानेको मुद्दामा सोमबारदेखि अन्तिम सुनुवाइ सुरू गर्न लागेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रहेको लामिछानेविरूद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौँमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । १८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा लामिछानेलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ ।

लामिछानेविरूद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ)अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । दफा २१९ को उपदफा (३)को देहाय (घ)मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

लामिछानेविरूद्ध अधिकतम १२ वर्ष जेल सजाय मागदाबी गरिएको हो ।

१७ वर्षीया किशोरीले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौँ र भक्तपुरको नगरकोटसमेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौँ ल्याइ एक होटलमा राखेर बलात्कार गरेको भन्दै पीडित युवतीले बताएकी थिइन् । पीडित किशोरीको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौँ महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर लामिछानेले बलात्कार गरेको दाबी गरिएको छ ।

पीडित भनिएकी किशोरी र लामिछाने सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत् नजिकिएका थिए । स्न्याप च्याटमार्फत् चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ । आफ्नो कारमा राखेर लामिछानेले ती किशोरीलाई भदौ ५ गते ६ बजेतिर काठमाडौँबाट भक्तपुरतिर लगेको बताइएको छ ।

त्यसपछि आफूहरू नगरकोटसम्म पुगेको पीडित किशोरीले बताएकी छन् । नगरकोटमा सन्दीपले मदिरा सेवन गरेको र त्यहाँबाट फेरि काठमाडौँ फर्र्किएको किशोरीको भनाइ छ ।

काठमाडौँ आइसक्दा रातिको ११ बजिसकेको र होस्टल बन्द हुने भन्दै एक होटलमा कोठा बुक गरेर उनीहरू बसेका थिए । सोही होटलको कोठा नम्बर ३०५ मा लामिछानेले आफूमाथि बलात्कार गरेको पीडित किशोरीको भनाइ छ ।

उक्त घटनालगत्तै क्रिकेट खेल्न विदेश पुगेका लामिछाने नफर्किएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत् डिफ्युजन नोटिस नै जारी भएको थियो । त्यसपछि लामिछाने असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए ।

प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर उनीमाथि बलात्कारको अनुसन्धान अघि बढाइएको थियो । मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश सुनाएको थियो ।

जिल्ला अदालको आदेशपछि केही महिना थुनामा बसेका लामिछाने उच्च अदालत पाटनको आदेशपछि सर्तसहित थुनामुक्त भएका थिए । विदेश जान नपाउने उच्च अदालतको सर्त सर्वोच्च अदालतले खारेज गरिदिएको छ । उच्च अदालतको आदेशपछि थुनामुक्त भएर क्रिकेट टिममा फर्किएका लामिछाने सर्वोच्चको आदेशपछि विक्रकेट खेल्न विदेशसमेत पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com