काठमाडौं, १० चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनुको कुनै औचित्य नरहेको टिप्पणी गरेका छन् । साथै भैंसीको अगाडि बीन बजाउनु र वर्तमान सरकारलाई सुझाव दिनु उस्तै रहेको भन्दै ओलीले कटाक्षसमेत गरेका थिए ।
शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता चप्पल व्यापार मेलामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले आफूहरुले दिएको सुझावको मतलब नै नराख्ने गरेको बताएका थिए ।यस क्रममा उनले नेपाली उद्योगको प्रवर्द्धनका लागि सरकारले कच्चा पदार्थको आयात सहज र सस्तो बनाउनुपर्ने बताएका थिए ।
नेता ओलीले भनेका छन्, ‘हुन त अहिलेको सरकारलाई सुझाव दिने भनेको हिन्दी उखान, भैँसके आगे बीन बझाए, भैँस रहे पगराए भने जस्तै छ । भैँसीको अगाडि बीन बजायो भने उग्राएर बस्छ । त्यो केही मतलब राख्दैन । त्यस्तै हो । अहिलेको सरकारलाई सुझाव दिने कुरा पनि ।
हिजो लुटेर लिएर जुत्ता लगाउनु र आज भन्सारतिरबाट लुट फर्स्योट गर्नु एउटै कुरा हो । तपाईँहरुको अघि मैले भने नि । ५०/५३ प्रतिशत त लुटेकै छ नि त । स्वदेशी उत्पादनले संरक्षण पाएको छैन अहिलेसम्म । त्यसलाईं संरक्षण दिनुपर्छ । त्यसका लागि कच्चा पदार्थको सहज र सस्तोमा पाउने अवस्था र यसमाथिको भ्रष्ट हस्तक्षेप नेपाली उत्पादनमाथिको भ्रष्ट हस्तक्षेप त्यो व्यापारिक क्षेत्र र सरकारी क्षेत्र भएको छ । त्यसलाई रोक्नु पर्छ ।’यस्तै ओलीले स्वदेशी वस्तुको उत्पादनमा बढावा दिन सरकारले नै स्वदेशी वस्तुको उपयोग हुने खालको नीतिलाई जोड दिनुपर्ने पनि बताएका थिए ।








प्रतिक्रिया दिनुहोस्