ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१९०२ मेगावाटको मुगु कर्णाली अघि बढाउने तयारी


एबीसी न्यूज

काठमाडौं, ८ चैत्र । सरकारले मुगु कर्णालीलाई जलाशययुक्त जलविद्युत् आयोजनालाई अघि बढाउने तयारी गरेको छ। अध्ययन भएका आयोजनामध्ये यो सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो।

निकट भविष्यमा हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा १ हजार ९ सय २ मेगावाट क्षमताको उक्त आयोजना अघि बढाउन सम्झौता गर्ने तयारी भएको हो।

अहिलेको लागि मुख्य गरी भारतीय कम्पनीसँग विकास सम्झौता अघि बढाउन लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।आयोजनाको इन्जिनियरिङ प्रतिवेदन एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले तयार गरेको थियो भने यसको सम्भाव्यता अध्ययन नेपाल विद्युत् उत्पादन कम्पनीले गरेको हो। आयोजनाले तीन जिल्ला मुगु, हुम्ला र बाजुरालाई छुनेछ।

तिला र कमलीको संगमस्थल जितेबाट कमली करिडोर सडकबाट ३ घण्टाको गाडीको दूरीमा कोल्टी एयरपोर्ट, बाजुराबाट २ घण्टाको दूरीमा प्रस्तावित बाँध साइटमा निर्माण हुने एनईए इन्जिनियरिङको रिपोर्टले देखाएको छ।

४ खर्ब रुपैयाँ रुपैयाँ लाग्ने अनुमान गरिएको यो आयोजना भारतलाई दिने गरी प्रधानमन्त्री पुष्पकलम दाहाल समेत तयार देखिएका छन्। आयोजनाबाट वार्षिक ५८८३ दशमलव १० गिगावाट आवर विद्युत् उत्पादन हुने अनुमान छ।

आयोजना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएको समयमा विकास सम्झौता गर्ने तयारी भएको छ। भारतीय जलविद्युत् निर्माण कम्पनीसँग विकास सम्झौताको तयारी भएको मन्त्रालयले जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७५ असारमा विद्युत् उत्पादन कम्पनी लिमिटेडलाई सर्वे लाइसेन्स प्रदान गरेको थियो। लाइसेन्स पाएसँगै कम्पनीले पूर्वसम्भाव्यता अध्ययन सुरु गरेको थियो।

अहिले उक्त आयोजनाको क्षेत्र निर्धारणको काम भइरहेको छ। जसको लागि सरोकारवालाहरुसँग कन्सल्ट्यान्ट कम्पनीले छलफल गरिरहेको छ।प्रधानमन्त्री मन्त्रिपरिषद्को विस्तारलगत्तै भारत भ्रमण जाने तयारीमा छन्। उक्त भ्रमणको क्रममा मुख्य एजेण्डा नै जलविद्युत् आयोजना रहनेछ। जसमा फुकोट कर्णाली र तमोर आयोजनाको निर्माण सम्झौता नै गर्ने तयारी छ। त्यस्तै नेपाल–बंगलादेश डेडिकेटेड प्रसारणलाइन निर्माणको प्रस्ताव समेत गर्ने तयारी भएको छ।

७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् आयोजना, ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माण सम्झौताको तयारी नै भइसकेको मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् आयोजना भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन लिमिटेड)लाई दिने तयारी गरिएको छ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको गत वर्ष भएको भारत भ्रमणमा संखुवासभास्थित अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाचल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत् निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

त्यस्तै आगामी भ्रमणको क्रममा ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना अघि बढाउने सम्झौता गर्ने तयारी छ। नेपालको जलविद्युत् आयोजनामा पछिल्लो समय भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन लिमिटेड) र एनएचपीसीले लगानी गर्न चाहिरहेका छन्।

यो पटक प्रधानमन्त्री भारत भ्रमणको क्रममा समेत उक्त दुई कम्पनीसँग नै लगानी गर्ने गरी ती आयोजनामा सम्झौताको तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com