ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हामीलाई असफल हुने छुट छैन : उपसभापति अर्याल


एबीसी न्यूज
चैत्र ६, २०७९ सोमबार   ४ : ०२   बजे

काठमाडौं, ६ चैत्र ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मुलुकमा राजनीति स्थिरता र समृद्धिका लागि सबै राजनीतिक दललाई असफल हुन छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उहाँले अब पनि राजनीतिक पार्टी असफल भए युवाको आशा र भरोसा गुम्नसक्ने परिस्थिति आउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले जनविश्वासलाई टुट्न नदिने प्रण गर्नुपर्छ किन कि मुलुक र जनताको अवस्था परिवर्तन गर्ने दृढइच्छा शक्ति बोकेर हामी राजनीतिमा प्रवेश गरेका हौँ ।

हामीलाई असफल हुने छुट छैन । अत्यन्त ढिलो भइसकेको छ, हामीलाई अब पनि थप समय लिने छुट पनि छैन ।”यसअघिको सम्झौताअनुसार न्यूनतम साझा कार्यक्रमले निरन्तरता पाउने आशाका साथ प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताउँदै उपसभापति अर्यालले आगामी दिनमा पनि सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध हुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले दिएको समर्थन सरकारले जे गरे पनि ठीक हो भन्ने कबुलियतनामा होइन । नागरिकका मुद्दामा इमान्दारिता गुमाएको दिन हामी प्रतिपक्षमा उभिने छौँ ।”सदन चलेको दिनलाई उत्सवकारुपमा लिने वातावरण बनाउन आवश्यक रहेको बताउँदै उहाँले संसद्मा छलफल हुने विषयप्रति जनतालाई उत्सुकता र जानकार बनाउन बनाउन सक्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group