ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सशस्त्रद्वारा ग्यास सिलिण्डरबाट लागेको आगो निभाउने अभ्यास प्रदर्शन


एबीसी / संवाददाता
चैत्र ४, २०७९ शनिबार  ९ : ०२ बजे

खोटाङ, ४ फागुन । सशस्त्र प्रहरीले खोटाङको दिक्तेलबजारमा ग्यास सिलिण्डरबाट सुरु भएको आगो तथा शरीरमा लागेको आगो निभाउने अभ्यास प्रदर्शन गरेको छ ।

घर–घरमा प्रयोग भइरहेको ग्यास लिक भएर आगलागीका घट्ना बढिरहेको सन्दर्भमा सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ गुल्म हलेसी, खोटाङले दिक्तेलको पुरानो बेस क्याम्पमा आगलागी नियन्त्रण प्रयास सम्वन्धी जनचेतनामुलक अभ्यास प्रदर्शन गरेको हो ।

सशस्त्र प्रहरीले ग्यास सिलिण्डरबाट बलेको आगोलाई भिजाएको कम्बलले बेरेर निभाउने तरिका प्रदर्शन गरेर देखाएका थिए । दर्शकका रुपमा उपस्थित स्थानीयलाई पनि सिलिण्डरबाट ग्यास लिक भएर बलिरहेको आगो निभाउने अभ्यास गराइएको शसस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म, हलेसी, खोटाङले दिक्तेलका डिएसपी श्याम रावतले बताए ।

यस्तै, सशस्त्र प्रहरीले आत्मदहको प्रयास गरेका वा अन्य कारणले शरीरमा आगो लागिरहेका अवस्थाका व्यक्तिलाई जोगाउने अभ्यास प्रर्शन गरेर देखाएको छ । जलिरहेको व्यक्तिलाई भिजेको कम्बलले बेरेर भुइँमा सुरक्षित रुपमा सुताएर आगो निभाउनेदेखि प्राथमिक उपचार गरेर स्वास्थ्य संस्था लैजाने विधिबारे प्रदर्शन गरिएको छ । आगो निभाउने विधिसम्बन्धी प्रदर्शनलाई स्थानीय एवम् विद्यार्थीले अवलोकन गरेका थिए ।

ग्यास सिलिण्डर लिक हुँदा लाग्ने आगो तथा शरीरमा लागेको आगो निभाउने अभ्यासलाई आगामी दिनमा पनि निरन्तरता दिइने सशस्त्र प्रहरी बलका डिएसपी रावतले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

सम्बन्धित

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com