ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीमा पाँच सय कुलपुत्र प्रव्रज्या


एबीसी न्यूज
चैत्र ३, २०७९ शुक्रबार   २ : ५२   बजे

काठमाडौं, ३ चैत । लुम्बिनीमा एकैदिन पाँच सय भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषको सह–आयोजनामा बिहीबार मायादेवी मन्दिर परिसरमा आयोजित धार्मिक कार्यक्रममा पाँच सयलाई कुलपुत्र प्रव्रज्या गरी अल्पकालीन भिक्षु बनाइएको हो ।

अखिल नेपाल भिक्षु महासङ्घका महास्थविर धम्म शोभन र धम्मकाय फाउण्डेशनका उपप्रमुख भिक्षु फरा पभनाले अल्पकालीन भिक्षुका लागि चिवर प्रदान गर्नुभयो । अल्पकालीन भिक्षुले पहेँलो चिवर लगाएर बुद्ध धर्मका एक सय नियम पालना गर्नुपर्नेछ ।

सामान्य अनुयायीले पञ्चशिल र अष्टशिलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्णरूपमा बौद्ध नियममा आफूलाई रुपान्तरण गर्नुपर्नेछ । चैत १७ गते अल्पकालीन भिक्षुको समय सकिनेछ ।

फागुन २७ गते काठमाडौँ र फागुन २८ गते लुम्बिनीमा गरी पाँच सय भिक्षुको केश मुन्डन गरिएको थियो । केश मुन्डन गरिए पनि बिहीबार मात्रै प्रव्रज्या गरी अल्पकालीन भिक्षुका रूपमा पहेँलो चिवर प्रदान गरिएको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिनुभयो ।

चिवर प्रदान एंव कुलपुत्र प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले सबैले बुद्धको शिक्षा ग्रहण गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल भिक्षु सङ्घका महास्थविर शोभनले बुद्ध शिक्षालाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो । कोरोना महामारीका कारण तीन वर्षसम्म प्रव्रज्या कार्यक्रम स्थगित भएको थियो । यसअघि सन् २०११ मा एक हजार, सन् २०१५ मा एक हजार एक सय १२ र सन् २०१९ मा एक हजार एक सय १९ जनालाई प्रव्रज्या गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group