ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले ४२ औं ओभरमा २० रन जोड्दा उल्टिएको खेल (फोटोफिचर)


एबीसी न्यूज
चैत्र २, २०७९ बिहीबार   ११ : ०७   बजे

काठमाडौं, २ चैत्र । आइसिसी विश्वकप लिग–२ अन्तर्गत बिहीबार कीर्तिपुर मैदानमा युएईले दिएको कीर्तिमानी ३११ रनको लक्ष्य पछ्याउने क्रममा ४१ ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा नेपालले २३५ रन जोडेको थियो।

ब्याटिङमा गुलशन झा २५ रन र दिपेन्द्रसिंह ऐरी ४ रन बनाएर खेलिरहेका थिए। हजारौं दर्शक ओइरिएको त्रिवि मैदानमा त्यति बेला बादल लागेकाले धुम्म भएको थियो।

विश्वकप छनोटमा पुग्न जित्नै पर्ने खेलमा नेपाल डिएल मेथडमा पनि पछि परेको थियो। त्यसैले नेपालका लगि जतिसक्दो छिटो रन बनाउनुपर्ने अवस्था थियो।

त्यति बेला युएईका कप्तान मोहमद वासिम बलिङमा आए। आफ्नो ओभर बलिङ गरेका वासिमविरूद्ध गुलशनले पहिलो बलमा रन लिएनन्। दोस्रो बलमा दुई रन लिएका गुलशन त्यसपछि भने आक्रामक रूपमा प्रस्तुत भए।

उनले तेस्रो बलमा छक्का प्रहार गरे। चौथो, पाँचौं र छैटौं बलमा चौका प्रहार गर्दा नेपालले एकै ओभरमा २० रन जोड्न सफल भयो। २० रन जोडेसँगै नेपाललाई राहत मिल्दा डिएल मेथडमा अघि परेको थियो। तर युएईका लागि महँगो सावित भयो। किनभने दुई ओभरपछि अँध्यारो भएकाले खेल रोकियो।

४३ ओभरमा ६ रन र ४४ ओभरमा ८ रन जोड्दा नेपालले ६ विकेटको क्षतिमा २६९ रन जोडेको थियो। त्यति बेला त्रिवि मैदानमा खेल्न पुग्ने प्रकाश नहुँदा अम्पायरले खेल रोके। जसको फाइदा नेपाललाई भयो। खेल नेपालले डिएल मेथडमा ९ रनले जित्यो।

युएई ब्याटिङमा हुँदा ४४ ओभरमा ५ विकेटको क्षतिमा २०८ रन बनाएको थियो। यता नेपालको ब्याटिङमा भने ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार नेपाल र युएईबीचको क्रिकेट खेलमा बिकेट लिएपछि खुशी साट्दै युएई क्रिकेट टोलीका खेलाडी तस्बिरः रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group