ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वाधार विस्तारमा चिनियाँ लगानीको आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड


ABC NEWS

 

काठमाडौं ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको पूर्वाधार विस्तारमा चिनियाँ लगानीको अपेक्षा रहेको बताएका छन्।
पूर्वाधार विस्तारमा चिनियाँ सहयोग रहदै आएको बताउँदै उनले अति कम विकसित राष्ट्रबाट नेपाल स्तोरोन्ति हुँदै गरेको सन्दर्भमा पूर्वाधार विस्तारको आवश्यकता रहेको बताए।
मंगलबार नेपाल उद्योग परिसंघ ९सिएनआई० र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेडले आयोजना गरेको नेपाल चाइना विजनेश फोरममा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले चीन नेपालको लागि दोस्रो ठूलो व्यापार साझेदार र प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामा पहिलो राष्ट्र रहेको भन्दै नेपाल चीनको आर्थिक सम्बन्ध थप मजबुत बनाउनु पर्ने बताए।
उनले नेपाल र चीनबीचको व्यापारमा असन्तुलन बढी भएकोमा चिन्ता व्यक्त गरे।
नेपालमा लगानी विस्तार गर्नको लागि चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्री प्रचण्डको आग्रह छ।
उनले सरकारले लगानीलाई प्रोत्साहन गरेको, लगानीमैत्री काननुनहरू रहेको बताए। नेपालमा लगानी गर्नसमेत उनले आग्रह गरे। ऊर्जा, उत्पादनमुलक उद्योग तथा खानी क्षेत्रमा लगानी गरेर लाभ उठाउन सक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।
नेपालमा नीतिगत र राजनीतिक स्थिरता कायम हुने उनले बताए। ‘व्यवसाय र लगानीमैत्री वातावरण छ। हाम्रो करको दर अन्य मुलुकको तुलनामा कम छ। व्यवसायमा लाभांशको दर राम्रो छ,’ उनले दाबी गरे।
प्रधानमन्त्री प्रचण्डले नेपालले विदेशी लगानीमा थप सुधार गरेको बताए। नेपाल(चीन क्रसबोर्डर ुइकोनोमिक जोनु बनाउन दुई देशबीच छलफल भइरहेको, रेलवे लाइन जोड्न काम भइरहेको बताए।
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चीन नेपालको सबैभन्दा ठूलो विदेशी लगानी पठाउने मुलुक भएको बताए।
चीन नेपाल सहकार्यको बृहत अवसर सृजना गरेको उनको भनाइ छ। चिनियाँ प्रधानमन्त्रीले चीनले सुधारलाई अझै गहिरो बनाउँदै गरेको र थप खुला बनाउने उल्लेख गरे।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपालमा चिनियाँ लगानी र सरकारको सहयोगले नेपालको विकासमा महत्वपूर्ण रहेको बताए। पूर्वाधारमा चीनको लगानी निकै महत्वपूर्ण भएको पनि उनले बताए।
सिसीपीआइटीका उपाध्यक्ष झाङ साओगाङले दुई मुलुकबीचको व्यापार र लगानीको वातावरण अझै गहिरो बनाउनुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com