ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कस्ता छन् राष्ट्रपति सीका सारथि ?


एबीसी / संवाददाता
फाल्गुन ३०, २०७९ मंगलबार  ७ : २६ बजे

एजेन्सी, ३० फागुन । चिनियाँ जनकंग्रेसले आगामी ५ वर्षका लागि मन्त्रिपरिषद् गठन गरेको छ । शुक्रबार सी चिनफिङलाई तेस्रो पटक राष्ट्रपति निर्वाचित गरेको जनकंग्रेसले प्रधानमन्त्रीसहित बाँकी महत्वपूर्ण पदहरूको नियुक्तिलाई अनुमोदन गरेको छ । चीनमा मन्त्रालय, आयोग र लेखा परीक्षण कार्यालयसहित २७ वटा निकाय रहेका छन् ।

त्यसैगरी चार उपप्रधानमन्त्रीमा डिङ सुइसिआङ, हे लिफेङ, झाङ गुइचिङ र लिगु गुओझोङ रहेका छन् । त्यस्तै, स्टेट काउन्सिलरमा ली सङफु, वाङ सिआओहोङ, यु झेङलोङ, सेन यिचित, चित गङ रहेका छन् । उपप्रधानमन्त्री बराबरको हैसियतमा रहने स्टेट काउन्सिलरमा रक्षामन्त्री लिङ सङफु र विदेशमन्त्री चिन गङलाई नियुक्त गरिएको छ ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सले मन्त्रिपरिषद्‌मा नियुक्त गरिएका व्यक्तिहरू विभिन्न कर्पोरेटरहरूको कार्यकारी पदमा काम गरिसकेको जनाएको छ । चीनले ५ वर्षे कार्यकालमा विज्ञान तथा प्रविधिको क्षेत्रलाई जोड दिने भएको छ । जसका लागि विज्ञान तथा प्रविधि मन्त्रालयको संरचनागत सुधारमा केन्द्रित भएर सुधार कार्यक्रमको घोषणा गरेको छ ।

त्यसैगरी वित्तीय नियमनका राष्ट्रिय प्रशासन स्थापना गर्ने भएको छ । कृषि क्षेत्र र अन्य मन्त्रालयमा प्रविधि नीतिहरूको सञ्चालनलाई रूपान्तरण गर्ने बताइएको छ । त्यसैगरी देशभित्र प्राविधिक क्षेत्रमा सफलता दिलाउन भूमिका खेल्ने बताइएको छ ।

ली छ्यान- प्रधानमन्त्री 
प्रधानमन्त्रीमा ली छ्यान नियुक्त भएका छन् । गत अक्टोबरमा भएको कम्युनिस्ट पार्टीको महाधिवेशनले लीलाई पोलिटब्युरो स्ट्यान्डिङ कमिटीको दोस्रो वरीयतामा नियुक्त गरेदेखि नै प्रधानमन्त्री हुने निश्चित भइसकेको थियो । जसलाई त्यहाँको संसद्ले शनिबार अनुमोदन गरेको हो ।

सन् २००० को मध्यतिर राष्ट्रपति सी झेजिआङ प्रान्तको प्रमुख हुँदा प्रधानमन्त्री ली प्रमुख स्टाफ थिए । प्रधानमन्त्री बन्नुअघि ली झेजिआङको गभर्नर साथै जिआङसु र संघाईको पार्टी प्रमुख बने । त्यस क्षेत्रमा काम गर्दा उनले उद्यम र निजी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनी चाउ एन लाई पछिका त्यस्तो नेता हुन्, जो उपप्रधानमन्त्री नभइ प्रधानमन्त्री बनेका हुन् । १९४९ मा चीनमा जनवादी गणतन्त्र स्थापना भएपछि चाउ पहिलो प्रधानमन्त्री बनेका थिए । ली पार्टीभित्र दोस्रो वरीयतामा रहेका छन् ।

लीको छनोटलाई कोभिड महामारी तथा अमेरिकासँगको बढ्दो टकरावको कारण आर्थिक क्षेत्रमा देखिएको समस्या समाधान गर्नसक्ने नेताको रूपमा अर्थ्याइएको छ । अर्थतन्त्रको बारेमा महत्वपूर्ण भूमिका हुने अर्थमन्त्री र केन्द्रीय बैंकको गभर्नरमा पुरानैलाई निरन्तरता दिइएको छ । अर्थमा लिउ कुन र गभर्नरमा होउ काइ रहेका छन् । उनीहरू दुवैको निरन्तरता वित्तीय स्थायीत्वका लागि भएको ग्लोबल टाइम्सले जनाएको छ ।

दिङ सुइसिआङ- उपप्रधानमन्त्री 
पार्टी जनरल अफिसका प्रमुखको रूपमा दिङ सुइसिआङ पछिल्लो केही समयदेखि राष्ट्रपति सीको चिफ अफ स्टाफ रहेका थिए । पछिल्लो केही वर्षयता राष्ट्रपति सीको निकटमा रहँदै आएका थिए । उनी सीको फोटोहरूमा देखिन्थे र सीको काम कारबाहीमा उनको नाम आउने गरेको थियो । दिङले आफ्नो राजनीतिक जीवन संघाईबाट सुरू गरेका हुन् । जहाँ राष्ट्रपति सी २००७ मा छोटो समयमा पार्टी प्रमुखको भूमिकामा रहेका थिए । त्यस समयमा दिङ सीको सचिव थिए । नयाँ भूमिकामा दिङले अर्थतन्त्र हेर्न पाउने छन् । दिङ पार्टीभित्र छैटौँ स्थानमा छन् ।

हे लिफेङ- उपप्रधानमन्त्री
हे लिफेङ अमेरिकासँगको व्यापार तथा लगानीको विषयमा हुने संवादका सम्पर्क व्यक्ति थिए । पछिल्लो समय हे लिफेङ राष्ट्रिय विकास तथा पुनःसंरचना आयोग प्रमुख बने । जसले चीनको आर्थिक योजना तयार पार्ने काम गर्छन् । तटीय क्षेत्र फुजियानमा सी र हे ८० र ९० को दशकमा सँगै काम गरेका थिए । उनी २४ सदस्यीय पोलिटब्युरो सदस्य हुन् ।

हान झेङ- उपप्रधानमन्त्री
विश्लेषकहरू हानलाई सीको कोटरी बाहिरका नेता भएको बताउँछन् । तर, राष्ट्रपति सीसँग उनको सम्बन्ध संघाईको पार्टी कमिटीदेखिकै हो । संघाई जिआङ जमिन समूहको राजनीतिक प्रभाव क्षेत्र पनि मानिन्छ । हानले संकटको समयमा हङकङ मामिलामा राष्ट्रपति सीलाई सघाएका थिए । गत अक्टोबरमा भएको पार्टी महाधिवेशनमा पार्टीको पोलिटब्युरो स्ट्यान्डिङ कमिटीबाट उमेर हदका कारण ६८ वर्षका हान बिदा भएका थिए ।

चिन काङ– स्टेट काउन्सिलर तथा विदेशमन्त्री
डिसेम्बरमै विदेशमन्त्री भएका चिन काङलाई संसद्ले स्टेट काउन्सिलरको भूमिकामा नियुक्त गरेको हो । विदेशमन्त्रीमा नियुक्त हुनअघि उनी अमेरिकाका लागि चिनियाँ राजदूत थिए । विश्लेषकहरू उनी राष्ट्रपति सीको विश्वासपात्र भएको बताउँछन् । सन् २०१४ देखि २०१८ सम्म उनी शिष्टाचारको प्रमुख रहेको थिए र सीका विदेश भ्रमणमा संलग्न हुने गरेका थिए । यसैवर्ष ५६ वर्ष पुगेका चिन चिनियाँ नेताहरूमध्येका सबैभन्दा कान्छा सदस्य हुन् । कतिपयले विदेशमन्त्रीलाई स्टेट काउन्सिलर बनाउने गरी संरचनागत परिवर्तन हुनसक्ने पनि बताएका छन् ।

ली साङफु– स्टेट काउन्सिलर तथा रक्षामन्त्री
चीनका नवनियुक्त रक्षामन्त्री ली साङफु २०१८ देखि अमेरिकाको प्रतिबन्धित व्यक्तिको सूचीमा रहेका छन् । चीनले रूसबाट लडाकु विमान र उपकरण किनेपछि अमेरिकाले ली साङफुमाथि प्रतिबन्ध घोषणा गरेको थियो । लीले चिनियाँ सेनाको अन्तरीक्ष कार्यक्रमको पनि जिम्मेवारी सम्हाल्दै आएका थिए । अमेरिकासँग तनाव बढ्दै गएको समयमा चीनले रक्षामन्त्रीमा लीलाई गरेको नियुक्तिले संवादको सम्भावना कम हुने पनि बताइन्छ ।

यी काङ– केन्द्रीय बैंकको गभर्नर
यी काङको केन्द्रीय बैंकको गभर्नरको रूपमा दोस्रो कार्यकाल हो । ५ वर्षअघि पनि उनी नियुक्त भएका थिए । धेरैले मन्त्रिपरिषद् पुनः गठनमा उनी फालिने अनुमान गरेका थिए । यीले अमेरिकामा अध्ययन गरेका हुन् । उनले इलिनोए विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए । प्राध्यापकका रूपमा इन्डियाना र प्रड्यु विश्वविद्यालयमा अध्ययन गरेका थिए । उनी सन् १९९० देखि केन्द्रीय बैंकमा काम गर्दै आएका छन् । उनी सन् २०१८ मा केन्द्रीय बैंकको गभर्नरमा नियुक्त भएका थिए । राष्ट्रपति सीले विश्वास गरेकै कारण उनको कार्यकाल दोहोरिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री पोखरेललाई

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको छ, आलोपालो हुँदैन– रवि लामिछाने

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

बालुवाटार निवासमा बालेनले गरे पूजा (तस्वीरहरू)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com