ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झण्डावाल गाडी छाडेर मन्त्री किराँती अटोरिक्सा चढेपछि……..


एबीसी न्यूज
फाल्गुन २९, २०७९ सोमबार   ८ : १०   बजे

सर्लाही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आइतबार मानव निर्मित भरत ताल घुम्न आइपुगे ।उनी झण्डावाल सरकारी गाडीबाट ओर्लिएर फटाफट अटो रिक्सा चढे । मन्त्री आफु चढेर आएका गाडी छाडेर अटोरिक्सा चढेपछि सर्वसाधारण अचम्म मानिरहेका थिए ।

अहिले बनिसकेका ५० बिघाभन्दा ठूलो ताल र थप बन्दै गरेको ६० भन्दा ठूला तालको अवलोकन मन्त्री किरातीले अटो रिक्सा चढेर अवलोकन गरे ।मन्त्री अटो रिक्सा चढेर अघि लागेपछि बागमती नगरपालिकाका उपप्रमुख लिला मोक्तान पनि नगरपालिकाका कर्मचारी सहिट अर्को अटो रिक्सामा चढेर पछि लागिन । साथमा पहिलो संविधानसभा सदस्य आङदावा शेर्पा पनि थिइन् ।अटो रिक्सा चढेर करिब २५ मिनेट ताल वरिपरि घुमे । तालको बीच भागमा पर्ने गरि रिसोर्ट पनि बन्दै गरेका छन् । तालको छेउछाउ रहेको सार्वजनिक ९० बिघामा नगरपालिकाले नै आँप रोपेका छन्, यसले पनि दृश्य मनमोहक देखिन्छ ।

ताल घुमेर फर्किएपछि मन्त्री किराँतीले तीन जनाका लागि बाँडेर लिनुस है भन्दै २ हजार रूपैया दिए । अटो रिक्सावाला भो पर्दैन भन्दै थिए । नगरपालिकाका उपमेयर र कर्मचारी हामी तिर्छौ भन्दै थिए । तर, मन्त्री किराँतीले सचिवालयका विज्ञान श्रेष्ठसित लिएर रिक्सावाललाई २ हजार रूपैया दिँदै यतिले पुग्छ कि पुग्दैन ? भन्दै सोधे । रिक्सावाल खुशी हुँदै जति नि पुग्छ नि भन्दै थिए । गाडीबाटै नघुमेर किन रिक्सा ? भन्ने जिज्ञासमा मन्त्री किराँतीले भने, स्थानीय स्रोतको पनि प्रोत्साहन गर्नुपर्यो नि । बागमती नगरपालिकाले बनाएको बागमती माछा पोखरी (भरत ताल) मा मन्त्री किराँतीले जेटबोट र सानो बोट चढे । साथमा स्थानीय पत्रकार पनि थिए ।

बोट चढेपछि उनले पर्यटन प्रवर्द्धनका तालले महत्त्वपूर्ण भूमिका खेलेको बताए । ताल घुम्न आउनेको सुरक्षा, सौचालयको उचित प्रवन्ध, स्थानीय खाद्यान्न प्रोत्साहन हुने गरि होटल तथा होम स्टेको व्यवस्थापन गरन सुझाव दिए ।सो तालमा मासिक सरदर १ लाख पर्यटक आउने गरेका छन् । नगरपालिकाका लागि राम्रो आम्दानीको स्रोत बनेको छ भने ५ सयभन्दा बढीले प्रत्यक्ष राृजगारी पाएका छन् ।नगरपालिकाले बागमङनदी किनारमा फोर स्टार स्तरको रिसोर्ट समेत बनाइरहेको छ भने बागमती नदी माथिको पहाडमै आकर्यक बुद्धको मूर्ति बनाउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत बिमल पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group