ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच महिनामा सुधारको अनुभूति नभए यो गठबन्धनको काम छैन : महामन्त्री गगन थापा


ABC NEWS
फाल्गुन २८, २०७९ आईतबार   ३ : ५२   बजे

 

काठमाडौँ २८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र सुधारका लागि सरकारले समयको अभावलाई बुझ्न सक्नुपर्ने बताएका छन् । थापाले अहिलेको सरकारलाई नागरिकले काम गर्नका लागि ४र५ महिनाको समयमात्रै दिने बताए ।

‘हामीसँग स्रोतसाधनको अभाव छ, त्योभन्दा धेरै समयको अभाव छ, हाम्रो प्रधानमन्त्रीले त्यो अभावको अनुभूति कति गरेको छ भन्ने कुराले हाम्रो गन्तव्यको अनुमान लगाउन सक्छौँ,’ थापाले भने, ‘अहिले सबैभन्दा धेरै नागरिकमा धैर्यताको अभाव छ । हामीसँग नागरिकलाई आशा जगाउनकालागि पाँच महिनाको समयमात्रै हो, यदि अबको पाँच महिनामा हरेक नागरिकलाई सरकारले केही गरिरहेको छ, सुधार हुँदैछ भन्ने अनुभूति गराउन सकेन भने संख्या जति भएपनि केही हुँदैन, गठबन्धन जति ठूलो भएपनि केही अर्थ रहँदैन ।’

नेपाल आर्थिक पत्रकार समाज ९सेजन०ले आइतबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै महामन्त्री थापाले मुलुकको ढुकुटी कसरी चलिरहेको भनेर सरकारले खबर राख्नुपर्ने बताए ।

‘हामी अहिले राष्ट्रपतिको चुनाव भनेका छौँ, उपराष्ट्रपतिको चुनाव भनेका छौँ, बधाई साटेका छौँ, हिडेका छौँ, तर समय त बितिरहेकै छ,’ उनले भने, ‘हाम्रो सरकारका दर्जनौँ मन्त्रालयहरू रिक्त छन्, त्यहाँ खर्चमात्रै भइरहेको छ, काम भइरहेको छैन । को व्यक्ति प्रधानमन्त्री, मन्त्री भयो भन्ने कुराले अर्थ राख्दैन, हाम्रो हरेक प्रधानमन्त्रीले आफ्नो खुत्रुक्केमा कति पैसा छ रु कसरी चलिरहेको छ रु भनेर थाहा पाउनुपर्छ । अर्थतन्त्र बिग्रिएर देश श्रीलंका बन्ला कि भनेर नागरिक डराउने होइन, हाम्रो प्रधानमन्त्री डराउनुपर्छ ।’

उनले प्रधानमन्त्रीले आफू उभिएको ठाउँ थाहा पाएमात्रै गन्तव्य तय गर्न सक्ने बताए । उनले सरकारको न्यूनतम साझा कार्यक्रमको अभ्यास राम्रो भएपनि त्यो यथार्थमा आधारित हुनुपर्ने बताए । ‘हामी गठबन्धनको सरकारको अभ्यास गरिरहेका छौँ, तर यस्तोमा प्रधानमन्त्री दलको वा गठबन्धनको नेता हुने कि सरकारको नेता हुने भन्ने मुख्य प्रश्न देखिरहेको छु,’ थापाले भने, ‘प्रधानमन्त्रीले सरकारको नेता भएर काम गर्नुपर्ने हुन्छ ।’

उनले सरकारले आर्थिक सुशासन कायम गर्न सक्नुपर्ने बताए । ‘निर्वाचनबाट आएको सरकारलाई बाँध्नकालागि संवैधानिक उदारवादको सिद्धान्तबाट सरकारले आफूलाई निरन्तररुपमा बाँधिरहनुपर्छ । यसकालागि सरकारले तीन कुरामा ध्यान दिनुपर्छ,’ उनले भने, ‘पहिलो हो विधिको शासन, दोस्रो संविधानमा गरिएका बाचा र अर्को भनेको शक्ति सन्तुलनको सिद्धान्त हो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group