ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपराष्ट्रपति पदमा ४ जनाको उम्मेदवारी


एबीसी / संवाददाता
फाल्गुन २७, २०७९ शनिबार  ३ : ०६ बजे

 

काठमाडौँ, २७ फागुन । उपराष्ट्रपति पदका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपरान्ह २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको थियो ।

सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र ४ जनाको उम्मेदवारी परेको हो । नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।

यस्तै, १० दलीय सत्तारूढ गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपाको तर्फबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले राष्ट्रपति पुरूष निर्वाचित भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने जनाएपछि दुई जनाको उम्मेदवारी परेको बताइएको छ ।

जनमत पार्टीको तर्फबाट ममता झाको उम्मेदवारी परेको छ । आइतबारसम्म गठबन्धनले आधिकारिक उम्मेदवार तय गर्ने बताइएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्ता गठबन्धनको तर्फबाट आइतबारसम्म साझा उम्मेदवार तय हुने बताए ।

आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदै छ । राष्ट्रपतिमा भने सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री पोखरेललाई

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको छ, आलोपालो हुँदैन– रवि लामिछाने

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

बालुवाटार निवासमा बालेनले गरे पूजा (तस्वीरहरू)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com