ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनयुद्धको अपमान गर्न खोजिएकाले प्रतिवाद गर्न बाध्य भयौँ : महासचिव विप्लव


एबीसी / संवाददाता
फाल्गुन २६, २०७९ शुक्रबार   ८ : ३१   बजे

काठमाडौँ, २६ फागुन । मुलुकको आमूल परिवर्तन गर्ने क्रान्तिका रुपमा स्थापित ‘जनयुद्ध’ र त्यसमा सङ्लग्न नेता तथा कार्यकर्तालाई आपराधिकरण गर्न खोजिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ ।

आज यहाँ आयोजित संयुक्त मोर्चा घोषणा समारोहलाई सम्बोधन गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धका नेतृत्वकर्ताको हैसियतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि मुद्दा लगाउनु खोज्नु जनयुद्ध कै अपमान भएको बताए ।

जनयुद्धलाई अपराधीकरण गर्ने र उपलब्धीलाई खारेज गर्ने लक्ष्यका साथ प्रधानमन्त्रीलाई मुद्दा लगाउने प्रयास गरिएको महासचिव विप्लवको भनाइ छ । क्रान्तिको नेतृत्व गरेको नेतालाई व्यक्तिगतरुपमा मुद्दा लगाएर क्रान्तिलाई अस्वीकार गर्ने प्रवृत्ति मौलाएको भन्दै महासचिव चन्दले त्यस्ता मुद्दालाई अस्वीकार गर्ने बताए ।

उनले भने, “यो परिवर्तनमाथिको आक्रमण हो । प्राप्त भएका सीमित उपलब्धि माथिको आक्रमण हो”, महासचिव चन्दले अगाडि भन्नुभयो, “जुन क्रान्तिका कारण परिवर्तन भयो त्यसलाई अस्वीकार गर्ने, आक्रमण गर्ने र अपराधीकरण गर्ने प्रयास गरिएको छ । यो प्रचण्डको व्यक्तिगत मामिला हुँदै होइन ।”

जनताको अधिकारलाई खोस्ने र समाप्त पार्ने ध्येयका साथ जनविरोधी शक्ति प्रतिक्रान्तिमा उत्रिएकाले आफूहरुले प्रतिवाद गर्नुपरेको महासचिव चन्दको भनाइ छ । महासचिव चन्दले क्रमशः माओवादी विचार बोक्ने शक्ति क्रमशः एकै ठाउँमा आउने र त्यसका लागि सम्वाद भइरहेको बताए ।

कार्यक्रममा चन्द नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल र नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकीले समाजवादी देशभक्त मोर्चाको घोषणा गर्नुभयो । मोर्चाले त्यसको स्वरुप, कार्यक्रम तथा वैज्ञानिक समाजवादसम्बन्धी अवधारणासमेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group