ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति निर्वाचनमा खुलेनन् पाँच दल


एबीसी / संवाददाता

काठमाडौँ, २४ फागुन । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेश संसद्‌मा आबद्ध सबै राजनीतिक दलले पक्षधरता देखाए पनि राजनीतिक दलले कसलाई मत दिने अझै खुलेका छैनन् ।

आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्‌मा रहेका तीनवटा दल र प्रदेश संसद्मा रहेका २ दल गरी पाँच राजनीतिक दलले राष्ट्रपति निर्वाचनमा अझै मत दिने भन्नेबारे नखुलेका हुन् ।

यसरी खुल्न नसकेका संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेका छन् भने प्रदेश संसद्‌मा प्रतिनिधित्व गर्ने हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टी रहेका छन् ।

राष्ट्रपति निर्वाचनको बारेमा निर्णय गर्नका लागि राप्रपाले भोलि ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने रास्वपाले फागुन २५ गते बिहान संघीय संसदीय दलको बैठक बोलाएको छ । दुवै पक्षले सो बैठकबाट खुल्ने बारेमा निर्णय लिने तयारी गरेका छन् ।

राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ ९ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल उम्मेदवार छन् भने प्रतिपक्षी दलबाट नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङलाई उठाएको छ ।

आचारसंहिताले खुल्न नपाइने
राष्ट्रपति निर्वाचनका लागि गत फागुन १७ गतेदेखि नै निर्वाचन आचारसंहिता लागु भएकाले कुनै उम्मेदवारको पक्षमा खुल्न भने पाइने छैन ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता लागु भइसकेकाले राजनीतिक दलले पक्षधरता देखाउन नपाउने बताए ।

‘गत फागुन १७ गतेदेखि नै राष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागु भइसकेको अवस्था छ, आचारसंहिता लागु भइसकेकाले अब कुनै पनि राजनीतिक दलले राष्ट्रपतिको उम्मेदवारको पक्षधरता देखाएर निर्णय लिन पाउँदैनन,’ उनले भने, ‘अब कुन उम्मेदवारको पक्षमा खुल्ने कुरा प्रचार हुन्छ ।’

‘आचारसंहिता लागु भएकाले प्रचार गर्न पाउँदैनन्, यसमा रोक लागिसकेको अवस्था छ ।’ उनका अनुसार अब पक्षधरता देखाए वा खुलेमा निर्वाचन आयोगले राजनीतिक दललाई प्रस्टीकरण सोधेर कारबाही गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com