ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘आशंका मेटिए’ -छिटै एकता हुने ओली र प्रचण्डको विश्वास


ABC NEWS
माघ १४, २०७४ आईतबार  ३ : ५९ बजे

काठमाडौं १४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको छलफलले एकअर्काप्रतिका आशंका र एकता विरोधी दुष्प्रचार निवारण भएको निश्कर्ष निकालेका छन् । विहान ११ बजेदेखि ललितपुरको मानभवनमा एकजना व्यवसायीको घरमा भएको दुई नेताबीचको छलफल झण्डै ३ घण्टा लम्बिएको थियो ।
स्रोतका अनुसार छलफलमा एकताको आवश्यकता र अहिलेसम्म विभिन्न पक्षबाट भएका चलखेल र घटनाक्रमका बारेमा समेत समिक्षा भएको थियो ।
बैठकपछि आफ्ना निकटस्थसंग प्रचण्डले एकताको प्रक्रिया एक स्टेप अघि बढेर अर्को उचाईमा पुगेको बताएका छन् । स्रोतका अनुसार प्रचण्डको मनमा रहेको आशंका आजको छलफलबाट मेटिएको छ ।
एमाले अध्यक्ष केपी ओलीले एकताको रोडम्यापका बारेमा विस्तृत रुपमा प्रचण्डलाई बताएका थिए । ओलीको रोडम्याप सही रहेको प्रचण्डको बुझाई रहेको स्रोतको दावी छ ।
बैठकले राष्टिय सभामा साझा उमेदबार विजयी बनाउने र ६ वटा प्रदेशमा बाम गठवन्धनको सरकार बनाउन तत्काल पहल गर्ने समेत निर्णय गरेको छ ।
एक हप्ताभित्र आन्तरिक गृहकार्य गरेर पार्टी एकता संयोजन समितिको बैठक बस्ने दुई नेताका बीचमा सहमति भएको छ । माघ महिनभित्रै पार्टी एकता गर्ने तयरी रहेको ओली सम्वद्ध स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com