ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भवन जीर्ण बन्दा व्यापारीलाई समस्या


एबीसी न्यूज

काठमाडौं,१७ फागुन । कैलालीको टीकापुर नगरपालिका परिसर बाहिर निर्माण गरिएको व्यापारिक भवन निर्माण सम्पन्न भएको एक दशक नबित्दै जीर्ण बन्दै गएको छ ।
निर्माण सम्पन्न भएको एक दशक मै भवन जीर्ण भएपछि भाडामा बस्दै आएका व्यापारी त्रसित भएका छन् । गर्मीयाममा धुलो झर्ने र वर्षातको समयमा चुहिने समस्याले व्यापारी आजित बनेका हुन् । १० वर्षदेखि सोही भवनको सटर भाडामा लिएर व्यापार गर्दै आउनुभएका मदिना फेन्सी स्टोरका सञ्चालक नारायण न्यौपानेले पटकपटक नगरपालिकालाई मर्मतका लागि आग्रह गर्दा पनि त्यसको सुनुवाइ नभएको नभएको बताउनुभयो ।

“दुई/तीन वर्ष भइसक्यो भवन निकै जीर्ण बन्दै गएको छ, वर्षातको समयमा पानी चुहिने, गर्मीमा बालुवा र माटो झर्ने हुँदा सामान जोगाउनै मुस्किल छ”, न्यौपाने भन्नुहुन्छ, “सार्वजनिक सम्पत्तिमा मनोमानी गर्ने निर्माण कम्पनी र निगरानी गर्ने नगरपालिकाका इञ्जिनियरले आफ्नो घर पनि त्यस्तै बनाएका होलान् त रु”

उक्त भवनमा १३ कोठा छन् । सबै कोठाको अवस्था त्यस्तै छ । छतको तल्लो भागको पलास्टर झरेर प्रयोग भएका फलामका सरिया देखिन थालेका छन् । भुइँको पलाष्टर निस्किएर खाल्डा परेका छन् । नगरपालिकालाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आफूले दुई वर्षदेखि भाडा नतिरेको रितुराज फेन्सी स्टोरकी सञ्चालिका रीता घिमिरे बताउनुहुन्छ ।

भवनकै कारण बिक्रीका लागि राखिएको सामानको बिजोग भएको भन्दै घिमिरेले भवन मर्मत सम्भार भएपछि मात्रै भाडा तिर्ने भनेर नगरपालिकालाई जानकारी गराएको बताउनुभयो । “कोठा छाडेर जान हुन्थ्यो, छाडेर पनि कता जाने रु वर्षौदेखि त्यहीँ बसेर व्यापार गरियो”, उहाँले भन्नुभयो, “अझै वर्षातको समयसम्म भवन मर्मत सम्भार नभए छाड्नुपर्ने बाध्यता नै छ, विगत जसरी बिताए पनि दिनप्रति दिन सामान जोगाउन मुस्किल हुँदै गएको छ ।”

अर्का व्यापारी तिलक पुनमगरले भवन निर्माण गर्ने निर्माण कम्पनी र नगरपालिकाबाट अनुगमन गर्ने इञ्जिनियरलाई कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले निर्माण कम्पनीको लापरबाहीका कारण भवन एक दशक नपुग्दै जीर्ण बनेको बताउनुभयो । पुनमगरले भन्नुभयो, “राज्यको करोड रुपैयाँ खर्च गरेर बनेका संरचना छिट्टै जीर्ण हुने तर तिनै इञ्जिनियरले दिएको नक्साअनुसार बनेका निजी संरचना बलिया कसरी हुन्छन् रु, खर्च त निजीभन्दा सरकारीमा बढी भएको हुन्छ ।”

नगरपालिकाको राजस्व उपशाखा प्रमुख डिला उपाध्याय रेग्मीले भवनका बारेमा पटकपटक जनप्रतिनिधि र कार्यालय प्रमुखलाई जानकारी गराएको भए पनि काम अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले व्यापारीले राजस्व शाखामा पटक–पटक गुनासो ल्याएर आएको जनाउँदै त्यसलाई माथिल्लो तहमा आफूले पुर्‍याएको बताउनुभयो ।

व्यापारीबाट गुनासो आउन थालेपछि भवनको नगरपालिकाले अनुगमन गरेको छ । नगर प्रमुख रामलाल डङ्गौरा थारुले भवनको मर्मत सम्भारको नगरपालिकाले प्रक्रिया अगाडि बढाएको बताउनुभयो । उहाँले केही दिनमै भवनको काम अगाडि बढ्ने आश्वासन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com