ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसयुक्रेन युद्धको शान्तिपूर्ण अवतरणको पक्षमा चीन


एबीसी न्यूज
फाल्गुन १८, २०७९ बिहीबार   १२ : ११   बजे

काठमाडौं, १८ फागुन । रूसले छेडेको युद्धलाई समर्थन गर्दै आएको चीनले आफ्नो धार बदल्ने संकेत देखाएको छ । युक्रेन मामिलाबारे रूसलाई समर्थन गर्दै आएको चीनले युद्धको शान्तिपूर्ण अवतरणमा जोड दिएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका समर्थकद्वय चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेलारूसका राष्ट्रपति अलेक्सजेण्डर लुकासेनकोले रूस र युक्रेन युद्धको अन्त्य हुनुपर्ने पक्षको अभिव्यक्ति दिएका छन् ।बेइजिङ पुगेका लुकासेन्कोले आफ्नो राष्ट्रले युक्रेन युद्धलाई शान्तिपूर्ण अवतरण गराउने चिनियाँ नीतिमा पूर्ण रूपले सहयोग गर्न बताएका छन् ।

चीनले गत साता युक्रेनको राष्ट्रिय स्वाधिनताको रक्षाका लागि शान्तिपूर्ण वार्ता आवश्यक रहेको बताएको बीबीसीले उल्लेख गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेर आएपछि चीनको यस्तो अभिव्यक्ति आएको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले मध्य एशियाका समकक्षीहरूसँग युक्रेन मामिलाबारे छलफल बढाउँदै जाँदा चीनको यस्तो अभिव्यक्ति सार्वजनिक हुनु संयोग मात्रै नरहेको टिप्पणी हुन थालेको छ ।बुधबार चीन र बेलारूसले युक्रेमा जारी द्वन्द्वमा आफूहरूको गम्भीर चासो रहेको र त्यस द्वन्द्वको शान्तिपूर्ण अवतरण यथाशीघ्र हुनुपर्ने पक्षमा रहेको संयुक्त विज्ञप्ति जारी गरेको बेलारूसको राष्ट्रिय समचार संस्था बेल्टाले जनाएको छ ।लुकासेन्कोले युद्धमा रूसलाई सहयोग गर्दै आएका छन् । पर्यवेक्षकहरूका अनुसार उनको बेइजिङ भ्रमण रूसलाई समर्थन गर्ने राष्ट्रहरू चीनसँग निकट छन् भन्ने सन्देश पनि हो ।बेलारूसका नेताहरूले चीनको प्रस्तावको तारिफ गरेका छन् । ‘चीनले अन्तर्राष्ट्रिय सुरक्षाका खातिर अघि सारेको प्रस्ताव र पहलको बेलारूस उच्च प्रशंसा गर्दै त्यसमा सहयोग गर्दछ,’ लुकासेन्कोले भनेका छन् ।चीन र बेलारूसका समकक्षीले जारी गरेको १२ बुँदे दस्तावेजमा सबै राष्ट्रको स्वाभिमानको सम्मान हुनुपर्ने उल्लेख छ । त्यस दस्तावेजले रूसले युक्रेनबाट पठाएको सेना फिर्ता गर्नुपर्ने विषयमा केही बोलेको छैन । यद्यपि पश्चिमाहरूले रूसमा लगाएको प्रतिबन्धको भने विरोध जनाएको छ ।

जारी युद्धमा कसैको पनि जित नहुने भन्दै लुकासेन्कोले यसको शान्तिपूर्ण अवतरण जरूरी रहेको विषय सी समक्ष उठाएको बताएका छन् । ‘यो मामिलालाई लिएर विश्व शक्तिमाझ देखापरेको टकराव अन्त्य हुन जरूरी छ । यो युद्धमा कसैको जीत हुनेवाला छैन शान्तिपूर्ण अवतरणमा नै सबैको विजय हुनेछ,’ उनले सीसँग भनेका थिए ।

युद्ध अवतरणमा चीन संलग्न हुन चाहेको संकेत : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जलेन्स्कीले युद्धको अवतरणमा चीनले आफ्नो संलग्नता खोजेको संकेत आफूले महसुस गरेको बताएका छन् । जेलेन्स्कीले चीनको प्रस्तावबारे राष्ट्रपति सीसँग आफूले छलफल गर्न चाहेको बताएका छन् ।

लुकासेन्कोसँगको भेटमा चिनियाँ राष्ट्रपति सीले शीत युद्धताकाको मानसकिता हटाएर सबै पक्ष छलफलमा बस्नुपर्ने बताएका छन् । रूस र युक्रेनको युद्धलाई राजनीतिकरण बन्द हुनुपर्ने र सबै पक्षले युद्धविराम र शान्तिपूर्ण अवतरणका लागि पहल गर्नुपर्ने सीको धारणा रहेको लुकासेन्कोको भनाइ छ ।

चीनले बेलारूससँग सम्बन्ध सुधार गरेपछि लुकासेन्को बेइजिङ पुगेका थिए । भेटबारे चीनको विदेश मन्त्रालयको वक्तव्यले भनेको छ, ‘अब रणनीतिक साझेदारीमा दुई मुलुक अघि बढ्नेछ ।’

चीनले यो वाक्यांश पाकिस्तानपछि बेलारूसको हकमा मात्रै प्रयोग गरेको छ । यसको मतलब चीनको कूटनीतिक स्थानमा बेलारूस रूसभन्दा ठीक तल रहेको बीबीसीको विश्लेषण छ ।

बेलारूस सुरुवातदेखि नै मस्कोको सहयोगी हो । रूसले युक्रेनको किएभमा क्षेप्यास्त्र प्रहार गर्दा बेलारूसकै सीमा क्षेत्र प्रयोग गरेको थियो । रूससँगको बलियो पक्षधरताबाट पछि हट्दै चीनले अहिले दुवैको हित हुनेगरी राष्ट्रिय स्वाधिनता र राष्ट्रिय सुरक्षाको सवाललाई जोडेको छ । यद्यपि, उसले युक्रेनमा रूसले गरेको आक्रमणको खण्डन भने गरेको छैन ।

गत साता चीनमाथि अमेरिकाले लगाएको आरोपको उसले कडा शब्दमा निन्दा गरेको छ । चीनले रूसलाई हतियार सहयोग गरिरहेको अमेरिकी आरोप थियो । त्यसमा चीनले भनेको छ, ‘अमेरिकाले रूस र चीनको सम्बन्धलाई लिएर औंला ठड्याउँछ भने हामीलाई स्वीकार्य छैन । अमेरिकी दबाव वा जबरजस्ती हामीलाई स्वीकार्य छैन,’ चिनियाँ विदेश मन्त्रालय वाङ वेनविनले भनेका छन् ।

चीनले सैन्य सामग्री र प्राविधिक उत्पादनमा प्रयोग हुने सेमिकन्डक्टर चीप रूसलाई पठाइरहेको आरोप पनि अमेरिकाले लगाएको थियो ।

गत बुधरबार अमेरिकी विदेशमन्त्री ब्लिंकेन काजकिस्तान र उज्बेकस्तानको भ्रमणमा गएका थिए । युद्धका कारण यस क्षेत्रमा देखापरेको दबावबारे जानकार रहेको भन्दै उनले यस क्षेत्रको स्वाधिनता रक्षाका लागि प्रतिबद्ध रहेको ब्लिंकेनले जनाए । ‘एक शक्तिशाली देशले बल प्रयोग गरेर एक सार्वभौम छिमेकीको सिमाना मेटाउन इच्छुक छ भने त्यो रोकिनुपर्छ, मध्य एशियाका देशहरूले यो बुझेका छन्,’ उनले भने ।

मध्ये एशियाका पाँचैवटा राष्ट्र तथा पूर्व सोभियत युनियनका राष्ट्रहरूले रूस र चीनसँग व्यापार गरिरहेका छन् । तर युद्धको विषयमा उनीहरू तटस्थ छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group