ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राज्यकोषको दोहनः नेतालाई उपचार खर्च पछिल्लो समय मात्रै साढे पाँच करोड (भिडियो)


ABC NEWS
फाल्गुन १७, २०७९ बुधबार  १२ : ३३ बजे

काठमाडौं, १७ फागुन

देशका नेताहरुको स्वास्थ्य उपचारका नाममा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च हुदै आएको छ । कुनै समय नेता वा कुनै पनि व्यक्तिको स्वास्थ्य उपचारका लागि पाँच लाखभन्दा बढी खर्च दिन नमिल्ने गरी नियम–कानून बनाइएको थियो । तर, पछिल्लो समय पनि अर्थ मन्त्रालयको सहायता विवरणमा विभिन्न व्यक्तिको आर्थिक सहायताका लागि भन्दै साढे पाँच करोड रुपैयाँ वितरण गरिएको उल्लेख छ । सरकारले २०७९ साल साउनदेखि माघ महिनासम्म पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य उपचारका लागि ४५ लाख रुपैयाँ खर्च उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयले मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया जस्ता कडा रोग लागेर खर्च बेहोर्न नसक्ने अवस्थामा भीआइपी उपचार खर्च १५ लाख रुपैयाँमा सिमित गर्नुपर्ने माग यसअघि पनि राख्दै आएको छ । तर, यो कानुन कार्यान्वयनमा जोड दिइनुको सट्टा यसखाले खर्च झनै बढ्दै गएको हो ।

२०७८ साल साउन महिनामा पूर्व प्रधानमन्त्री एवम् हाल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको स्वास्थ्य उपचारका लागि ३० लाख रुपैयाँ निकासा भयो । तत्कालीन सरकारको पालामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनाललाई सो स्वास्थ्य खर्च बापतको सम्पूर्ण रकम उपलब्ध गराउने निर्णय ग¥यो । अर्थ मन्त्रालयका उच्च स्रोतका अनुसार दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि ३० लाखको हिसाब पठाएको थियो । उनले नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गराएका थिए । पछिल्लो समय पनि सरकारले खनाललाई ४५ लाख रुपैयाँ उपलब्ध गराएको छ । यस्तै, पूर्व राष्ट्रपति डा. रामवरण यादवको सम्पूर्ण उपचार खर्च सरकारले बेहो¥यो । प्रोस्टेड क्यान्सरबाट पीडित पूर्व राष्ट्रपति यादवले भारतको चण्डिगढस्थित स्नाकोत्तर चिकित्सा शिक्षा अनुसन्धान संस्थान पीजीआइएमआइआर अस्पातालमा उपचार गराएका थिए । नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट यादवको उपचार खर्च भुक्तानी भएको थियो । पछिल्लो समय यादवलाई २५ लाख रुपैयाँ दिइएको छ ।

२०७४ सालमा नै नेताहरुको उपचार खर्च राज्यकोषबाट दोहन नगरौं भन्दै दलहरु र नेताहरु मिलेर कानून पनि बन्यो । सो ऐन २०७५ सालदेखि लागू हुने बताइएपनि कार्यान्वयन हुन सकेन । २०६२÷६३ देखि २०७७÷७८ सम्म आइपुग्दा राज्यकोषको दोहन गर्ने ढंगबाट नै उपचार खर्च र आर्थिक सहायताको नाममा यसरी रकम बाँडियो । यसबीचमा मात्रै सरकारले उपचार खर्चको नाममा राज्यकोषबाट ३ खर्ब बढी रकम खर्च भएको देखिन्छ । यस्तै धेरै उपचार खर्च लिनेमध्येमा पर्छन्, केपी शर्मा ओली । २०७५ साउनमा ताका सार्वजनिक भएको एक विवरण अनुसार ओलीका लागि मात्रै करिब १८ करोड रुपैयाँ खर्च भएको मन्त्रिपरिषद्ले देखाएको छ । राजतन्त्रका नेता डा. तुलसी गिरीदेखि नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालादेखि पूर्व उपसभामुख पूर्णकुमारी सुवेदीसम्मले राज्यकोषबाट उपचार खर्च पाएका छन् । यसैमा रोचक प्रसंग के छ भने, पुरुष सांसदले पनि सुत्केरी खर्च लिएका पनि छन् । यी विषयमा सही जाँचबुझ गरी खर्च व्यवस्थापन एवम् मितव्ययीताको कुरा निरन्तर उठेपनि कार्यान्वयन हुन सकेको छैन ।

यसअघि भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाललाई दुई पटक गरी २७ लाख रुपैयाँ आर्थिक सहायता दिइएको थियो । प्रतिनिधिसभा निर्वाचनका क्रममा झडपमा परेर मृत्यु भएका सञ्जिव ऐडी र चेतनदीप ऐडीको परिवारलाई सरकारले गत माघमा प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय ग¥यो । त्यसो त, नेपाली राजनीतिमा यसरी उपचार खर्च बाँड्ने परम्परा नै बस्दै आएको देखिन्छ । विगतमा सुशील कोइराला नेतृत्वको सरकारले नेता र खासमा परिवारका सदस्यका लागि त्यो समयमो पाँच महिनामा ५० करोड रुपैयाँ हाराहारीमा उपचार खर्च बाँडेका थिए । त्यसपछिको कांग्रेस र एमालेको मिलिजुली लगायतका पछिल्ला बनेका सरकारका पालमा पनि राज्य ढुकुटीमा उपचार खर्चका नाममा मनपरी हुदै आयो । नेतालाई बाँीडएको उपचार खर्चबरे आधिकारिक रुपमा अर्थ मन्त्रालय पनि मौन जस्तै छ । यस विषयमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय जस्ता संस्थाहरुको जोडबल पनि भएको देखिएको छैन । भीआइपीहरुको उपचारका लागि सरकारले एउटा सिलिङ तोक्नुपर्ने लगायतका मागसहित मेडिकल बोर्ड जस्ता संस्थाहरुले ध्यानाकर्षण गराउँदै आएको छ । तर, पनि अनियन्त्रित रुपमा उपचार खर्च निकासा गर्ने क्रम बढेको छ । तसर्थ, संकटपूर्ण विश्व अर्थतन्त्र र निकै नै जोखिमउन्मुख रहेको नेपाली अर्थतन्त्रबारे गम्भिर हुदै उपचार खर्चका नाममा बाँडिने खर्चहरु व्यवस्थापन गर्न पनि सरकारको ध्यान जानुपर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

दलहरुका पुराना वाचा के भए ? अब नयाँ चक्मा के दिंदैछन् ? (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com