ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुगुमा पावर हाउस बनेको दुई दशक नाघ्यो तर बत्ति बलेन


एबीसी / संवाददाता

मुगु १६ फागुन । जिल्लाको मुगूम कार्मारोङ गाउँपालिका वडा नम्बर ८ मा रहेको च्याप्ने गाड जलविद्युत् आयोजना एक दशक बढी  बितिसक्दा पनि हालसम्म बल्न सकेको छैन ।

२०५८ सालमा स्थापना भएको च्याप्ने गाड जलविद्युत् आयोजना सञ्चालन भएको करिब २० वर्षभन्दा बढी समय बितिसक्दा पनि हालसम्म सञ्चालनमा आउन नसक्दा बत्ति नबलेको हो ।

यो जलविधुत आयोजनाबाट २५ किलोवाट विद्युत उत्पादन गर्ने क्षमता रहेको दुई वटा माँग्री र मह गाँउमा बस्ने ३ सयभन्दा बढी घरधुरीलाई लक्षित गरी निमार्ण गरिएको थियो ।

उक्त आयोजनाबाट करोडौं रकम हिनामिना भएको र टाठा बाठाहरुले मात्र उपभोक्ता समितिमा बसी मागिखाने भाँडो बनाएको बताइएको छ ।  साबिकको जिल्ला विकास समितिको कार्यालय मुगुअन्तर्गत रहेको दुर्गम विकास क्षेत्रबाट सञ्चालित यस च्याप्नेगाढ साना जलविधुत् आयोजनाको जिम्मा पाएको राधा कन्ट्रक्सनले ५८ लाखमा ठेक्का लिएको थियो ।

राधा कन्टक्सनले कुनै काम नगरेको सामान आयोजनास्थलमा नपुराएको भ्रष्टचार गरेको भन्दै पुनः आफ्नो अध्यक्षतामा नयाँ समिति गठन गरी  काम सुरु गरे पनि अघि बढन नसकेको  कोषाध्यक्ष पाद्मा नाङगेल लामाले बताए । उनका अनुसार सो आयोजना बनाउन दाताहरुको खोजी गरिएको छ ।

२०५८ सालदेखि यस आयोजना सुरु भए पनि पछिल्ला २० वर्षामा  धेरै समिति हेरफेर भैसकेका छ तर विद्युत निमार्ण हुन सकेको छैन । विद्युत निमार्णका लागि भएको खर्च २६ लाख दुर्गम विकास कोषको, साबिकको माग्री गाविसको ५ वडादेखि ९ बडासम्म लक्षित कार्याक्रमको ८ लाख ९० हजार, नेपाल जलवायु परीवर्तन कार्यक्रम लापाको ९ लाख १० हजार, संसद विकास कोषलगायत अन्य विभिन्न निकायको सहयोग गरी ५० लाख र गमगाढ साना जलविधुत् आयोजनाको २० लाख रकम गरी जम्मा १ करोड १४ लाखभन्दा बढी रकम खर्च भइसकेको छ ।

विधुत पावर हाउसमा मात्र केही दिनका लागि मात्र बत्ति बलेको तर गाँउमा भने जनताहरु अन्धकारमा नै बस्नु परेको छ । विद्युत् नबल्दा विशेष गरेर बालबालिका पठनपाठनमा प्रभावित भएका छन् भने वृद्धवृद्धाहरुलाई पनि झन् सास्ती हुने गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि

सुर्खेतमा मिटरब्याजका ४२ मुद्दा दर्ता, ठगी हुनेमा अधिकांश महिला

कर्णालीमा शिक्षण सिकाइ उपलब्धि कमजोर

मुगु हिमपहिरो : जुम्लाका तीन जनाको मृत्यु (अपडेट)

हुम्लामा पुग्यो सामुदायिक विद्यालयका पाठ्यपुस्तक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com