ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फागुन २० भित्रै विश्वासको मत लिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री शाह


एबीसी / संवाददाता
फाल्गुन १५, २०७९ सोमबार  ९ : १९ बजे

धनगढी, १५ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन  २० गतेभित्रै विश्वासको मत लिने तयारी गरेका छन् । दोश्रो पटक काठमाडौँ गएका मुख्यमन्त्री शाहले विश्वासका मत पाउने सुनिश्चितता भएपछि धनगढी फर्केर विश्वासको मत लिन तयारी गरेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको दुई दिनपछि काठमाण्डौं गएका शाहले सो क्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहति नेता कार्यकर्तासँग भेट गरेका थिए तर विश्वासको मत पाउने सुनिश्चितता भने सो क्रममा हुन सकेको थिएन । तर, गठबन्धन फेरिएसँगै उनले  विश्वासको मत  लिन खोजेका हुन् ।

‘उहाँले अब फागुन २० गतेभित्रै विश्वासको मत लिने गरी तयारी थाल्नुभएको छ,’ कांग्रेसका एक प्रदेशसभा सदस्यले भने, ‘त्यसका लागि छिट्टै प्रदेशसभा बैठक आह्वान गर्ने तयारी पनि गरिएको छ ।’

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागि भएको नेकपा (एकीकृत समाजवादी)का कैलाली संयोजक दीर्घ सोडारीले विश्वासको मत लिन अब अप्ठ्यारो नभएको बताए । ‘मुख्यमन्त्रीज्यूलाई विश्वासको मत पाउन अब कुनै सकस हुनेछैन, अब हामी करिब दुई तिहाइ मतका साथ सरकार सञ्चालन गर्नेछौँ, र अब यो सरकार दिगो पनि हुने छ ।’

नेकपा (माओवादी केन्द्र)का प्रदेश कमिटी सदस्य तथा प्रदेशसभा सदस्य रमेशसिंह धामीले पनि अब सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत पाउन सकस नहुने बताए । उनले राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा ८ दलीय गठबन्धन बनेको बताउँदै प्रदेशसभा सदस्य धामीले सोही गठबन्धनको जोडबलमा अब प्रदेशमा पनि सरकार बन्ने बताए ।

तर, यही सरकारलाई विश्वासको मत दिने वा अर्को मुख्यमनत्री बनाउने भन्ने निर्णय अहिलै नभइसकेको उनको भनाइ छ ।

राष्ट्रपति निमर्वाचनका लागि केन्द्रमा नेपाली कांग्रेस, नेकपा एस र माओवादी केन्द्रसहितको गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल शाहले सजिलै विश्वासको मत पाउने परिस्थिति बनेको हो ।

सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेससँग १९, माओवादी केन्द्रका ११, नेकपा एसका ४ जना प्रदेशसभा सदस्य रहेका छन् । तीनवटै दल मिलेर सरकार बनेको स्थितिमा पनि सुदूरपश्चिम प्रदेशसभामा सरकारसँग ३४ जना प्रदेशसभा सदस्य हुने छन् । जुन सम्मानजनक बहुमत हो । सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन आवश्यक पर्ने बहुमत संख्या २७ हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

रास्वपा नेता बालेन दार्चुलामा : समर्थकको घेराबन्दी (तस्बिरहरू)

देउवाको गृहजिल्ला डडेलधुरामा बालेन : “सुदूर अब दुर नाई, झिकै झिकै माया तम्लाई!”

देउवाले टिकट नपाएपछि चुनाव नलड्ने घोषणा गरे

सुदूरपश्चिमका १६ नेकपा उम्मेदवार टुंगो, कुन समूहका कति ?

प्रचण्ड नेतृत्वको नेकपाले सुदूरपश्चिम र कर्णालीसम्म उम्मेदवार टुंग्यायो

कैलालीमा अवैध काठसहित ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com