ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अम्कोटका बालबालिकामा दादुराको लक्षण


एबीसी / संवाददाता
फाल्गुन ११, २०७९ बिहीबार  १० : ०३ बजे

बाजुरा, ११ फागुन । जिल्लाको बूढीगंगा नगरपालिका–१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुवेला रोग लक्षण देखिएको छ ।

बुधबार वडामा रहेको धुरालसैन आधारभूत स्वास्थ्य केन्द्रमा उक्त लक्षण भएका सात बालबालिका उपचारमा आएको स्वाथ्य केन्द्रमा कार्यरत अनमी बिन्दु विष्टले बताउनुभयो । ती बालबालिका अम्कोट गाउँका एउटै टोलका हुन् । जाँच गर्दा सबैमा एकैखाले लक्षण देखिएको विष्ट बताउँछन् । उनीहरुलाई ज्वरो आएको, शरीरभरि बिमिरा रहेको, खोकी लाग्ने, नाकमा सिँगान बग्नेजस्ता लक्षण देखा परेको छ ।

अम्कोट गाउँमा रहेका अन्य बाललिकामा पनि यस्तो रोग देखा परेकोे स्थानीयले बताएका छन् । एक सातादेखि बालबालिकालाई ज्वरो आउने, हातखुट्टा दुख्ने र नाकबाट पातलो सिँगान बग्ने समस्या देखा परेको हो । बालबालिकामा दादुरा रोगको जस्तो लक्षण देखा परेकोले नगरपालिका स्वास्थ्य शाखालाई जानकारी गराइसकेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

बूढीगंगा नगरपालिका स्वास्थ्य शाखा संयोजक दीपक शाहका अनुसार बालबालिकामा दादुरा तथा रुबेला रोगको संकेत देखिएको खबर आएको छ भने । दादुरा तथा रुबेलाको नमूना लिनका लागि संयोजकसहित प्रयोगशालाका कर्मचारी लिएर अम्कोटमा जान लागेको उनले बताए । बिहीबार स्वास्थ्यकर्मीको टोली पठाएर जाँचका लागि धनगढी प्रयोगशालमा नमुना पठाउने शाहको भनाइ छ ।

उनका अनुसार अहिले नै दादुरा तथा रुबेला भन्न नसकिने भएकाले जाँचका लागि नमूनाको रिपोर्ट धनगढी प्रयोगशालाबाट आएपछि मात्र कुन रोग हो भन्ने थाहा हुने शाह बताउँछन् । उक्त रोग थप सर्न नदिनका लागि समुदायस्तरमा जनचेतना फैलाउने काम भएको संयोजक शाहले बताए ।

दादुरा स्वासप्रस्वासको माध्यमबाट सर्ने र सजिलै फैलिने खालको रोग हो । दादुरा भएका व्यक्तिले दादुराका लक्षण (ज्वरो, डाबर) देखिनु दुई दिन अघि र पाँच दिनपछि पनि अरुलाई रोग सार्न सक्छन् ।

दादुराको खोप नलगाएका व्यक्ति, रोग प्रतिरोधात्मक शक्ति काम भएका (अबुर्द, एड्सका बिरामी र लामो समय स्टेरोइड सेवन गरेका बिरामी), नौ महिनाभन्दा कमका शिशु जसमा आमाको गर्भबाट प्राप्त रोग प्रतिरोधात्मक शक्ति कम छ तथा गर्भवती दादुरा रोगको बढी जोखिममा हुन्छन् ।

नेपाल सरकारबाट निःशुल्क प्रदान हुने दादुराको खोप नौ महिना र १५ महिना उमेरका बालबालिकालाई दुई डोज लगाए यसबाट हुनसक्ने जोखिम निर्मुल पार्न सकिन्छ । यसको खोपले जीवनभरि रोग प्रतिरोधात्मक शक्ति दिने स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ : आयोग

सम्बन्धित

रास्वपा नेता बालेन दार्चुलामा : समर्थकको घेराबन्दी (तस्बिरहरू)

देउवाको गृहजिल्ला डडेलधुरामा बालेन : “सुदूर अब दुर नाई, झिकै झिकै माया तम्लाई!”

देउवाले टिकट नपाएपछि चुनाव नलड्ने घोषणा गरे

सुदूरपश्चिमका १६ नेकपा उम्मेदवार टुंगो, कुन समूहका कति ?

प्रचण्ड नेतृत्वको नेकपाले सुदूरपश्चिम र कर्णालीसम्म उम्मेदवार टुंग्यायो

कैलालीमा अवैध काठसहित ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com